८ वैशाख २०८१ शनिबार
राजनीति

अर्ली इलेक्सन हुनै सक्दैनः अध्यक्ष नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन्।

अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसैकसैले चाहेजस्तो अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका हुन्। मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रलाई व्ययभार हुन नदिन तीनवटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारुढ दलभित्र छलफल भईरहेको जानकारी समेत दिए।

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि बताए।

प्रकाशित: १६ कार्तिक २०७८ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App