३ आश्विन २०८१ बिहीबार
image/svg+xml

बाँकेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा पनि संक्रमण

बाँकेमा कोरोना संक्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ।

आइसोलेसन व्यवस्थित रुपमा संचालन गर्न स्वास्थ्यकर्मीको माग

कपिलवस्तुका स्वास्थ्यर्मीहरुले आइसोलेसनमा रहेका कोरोना संक्रमितको उपचारका लागि थप स्वास्थ्यकर्मी उपलब्ध गराई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग माग गरेका छन् ।

‘घरबेटीले उपचारमा खटिनेलाई दुव्र्यवहार गरे कारबाही हुन्छ’

गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुव्र्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी जो भाडामा बस्छन्, उनीहरूमाथि घरधनीको दुव्र्यवहार हुने गरेको पाइएको भन्दै यस्तो देखिए कडा कारबाही गर्न निर्देशन दिएको हो ।

स्वास्थ्यकर्मी संक्रमित भएपछि धनकुटा जिल्ला अस्पताल आसपास सिल

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटा जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार धनकुटाकी एक स्वास्थ्यकर्मी संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि आइतबार राति संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमित क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।

स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न र आदेशको पूर्ण कार्यान्वयन गर्न गृह मन्त्रालयकाे अनुरोध

कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

औषधि व्यवसायीको मृत्यु, श्रीमती र साथी अनुसन्धानको घेरामा

विराटनगर–१० मा औषधि व्यवसायी गर्दै आएका देवीप्रसाद दुलालको शनिबार राति मृत्यु भएको छ । दुलालको मृत्यु भएको घटनालाई प्रहरी शंकास्पद भएको भन्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ । सुनसरीको इटहरी–१२ खनार स्थायी घर भएका दुलाल विराटनगर–१० मा डेरा गरी बसेको र सोही घरबाटै माँ पाथीभरा फर्मा नामबाट औषधिको थोक कारोबार गर्दै आएका थिए । डेरा लिएको घरमा दुलाल, उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) र ८ वर्षीय छोरासहित बस्दै आएका थिए ।

नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ

शनिबार उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ड्युटीमा खटिएका बेला जथाभावी बोल्ने उत्तम कार्कीलाई काठमाडौं परिसरको प्रहरीले पक्राउ गरेको हो ।

कर्णालीका सबै जिल्लामा स्वास्थ्यकर्मी परिचालन

कर्णाली प्रदेश सरकारले कोराना भाइरसको प्रतिकार्य रोकथाम तथा नियन्त्रण कार्यलाइ प्रभावकारी बनाउन १० वटै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। हिमाली जिल्लामा एयर लिफ्टिङ गरेर चिकित्सक पठाइरहेको सामाजिक विकासमन्त्री दल रावल बताउँछन्।कर्णाली प्रदेश अन्र्तरगत १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको हो। सामाजिक विकासमन्त्री रावलका अनुसार प्रदेश सरकारले शनिबार डोल्पा स्वास्थ्यकर्मी पठाइसकेकोमा आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक टोली पठाएको हो। उनीहरुलाई एक महिनाका लागि पठाएको हो।

औषधि र उपकरणसहित स्वाब संकलन गर्न स्वास्थ्यकर्मी डोल्पा आए

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट स्वाब संकलनको लागि स्वास्थ्यकर्मीको टोली आवश्यक औषधि र उपकरणसहित डोल्पामा पुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका ७ मा रहेको कस्तुरी निमावि क्वारेन्टाइनमा रहेका नागरिकहरुको शुक्रबार आरडिटी परीक्षण गर्ने क्रममा एक जना पुरुषमा रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि स्वाब संकलन गर्न शनिबार हेलिकोप्टर मार्फत स्वास्थ्यकर्मीको टोली डोल्पामा पुगेको हो ।

उपचारमा संलग्न स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका ७५ जना स्वास्थ्यकर्मीकर्मीको टोली क्वारेन्टाइनमा रहेका छन् । केन्द्रमा खटिएका चिकित्सक, नर्ससहितकोे सो टोली क्वारेन्टाइनमा बसेको हो ।

क्वारेन्टाइनमा बसे संक्रमित उपचारमा संलग्न स्वास्थ्यकर्मी

कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रका स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा रहेका छन् । केन्द्रमा खटिएका चिकित्सक, नर्ससहितकोे टोली क्वारेन्टाइनमा बसेका छन् ।

स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ, विरामीको अवस्था सामान्य

विराटनगरस्थित कोरोना उपचार केन्द्रमा खटिँदै आएको स्वास्थ्यकर्मीहरूको कोरोना परीक्षण गरिएको छ । संक्रमितको उपचारमा संलग्न २८ स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाजले संयुक्त रुपमा स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

कर्मचारीलाई बीमासहित जोखिम भत्ता

जिल्लाका नौवटै स्थानीय तहले कोभिड–१९ को विरुद्ध परिचालन हुने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबबाहेक जोखिम भत्तासहित बीमा सुविधा प्रदान गर्ने जनाएका छन्।

कोरोनाबाट बच्न के गर्ने, के नगर्ने ?

चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ज्यान जोखिममा राखेर कोरोनाविरुद्ध लडिहरेका छन् भने हामी आफ्नो घरमै बसेर सहयोग गर्न सक्दैनौ ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्