९ आश्विन २०८१ बुधबार
image/svg+xml

ठाकुर–महतो बालुवाटारमा

आइतबार विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि उनीहरु बालुवाटार पुगेका हुन्।

बालुवाटारमा एमाले बैठक सुरू

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारबाही, कार्यविभाजनलगायतका विषयमा निर्णय गर्ने बताइएको छ।

बालुवाटारमा प्रधानमन्त्रीले पूजा गरेपछि राम-सीताका मूर्ति चितवन पठाइयो

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले पूजाआजा गरेका हुन्। उक्त मूर्तिलाई चितवनमा लगेर राख्ने तयारी ओलीको गत वर्षदेखि रहेको थियो। तयार परिएका मूर्ति रथ यात्रा आज नै चितवन पठाइने छ। मूर्ति राखिएका गाडीहरुलाई फूलमालाले सिँगारिएको छ।

कमला सिँचाइको लगानी बालुवामा पानी?

प्रदेश २ को कुल खेतीयोग्य जग्गाको ८९.९ प्रतिशतमा मात्र खेती हुने गरेको तथ्यांक छ । यहाँको कुल ५ लाख ३५ हजार दुई सय १८ हेक्टर खेतीयोग्य जग्गामध्ये ४ लाख ८१ हजार दुई सय १४ हेक्टरमा खेती हुन्छ। कुल खेतीयोग्य जग्गाको ६६.३ प्रतिशत अर्थात ३ लाख १८ हजार आठ सय ६९ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको प्रदेश सरकारको तथ्यांकमा उल्लेख गरिएको छ।

एमालेको १०औँ महाविधेशन आगामी मङ्सिरमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी २०७८ मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको १०औँ महाधिवेशन आयोजना गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सो दलको केन्द्रीय कमिटीको बैठकले २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरेको हो।

एमाले–जसपा वार्ताः मिलेर अघि बढ्न प्रधानमन्त्रीको प्रस्ताव

नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सत्तामा सहकार्यका लागि प्रस्ताव गरेका छन्। एमाले र माओवादी केन्द्रबीचको एकीकरण बदर भएपछि सरकार अल्पमतमा पर्ने सम्भावना देखेका प्रधानमन्त्री ओलीले बिहीबार जसपाका नेताहरूलाई सरकारी निवास बालुवाटारमा भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका हुन्।

टी–ट्वान्टी क्रिकेट: बालुवाटार र ग्रेट हिमालय विजयी

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई ९ विकेटले पराजित गरेको हो। मैदान ओसिलो भएका कारण ढिला सुरु भएपछि खेल १० ओभरमा घटाइएको थियो।

सरकार र विप्लव समूहबीच बालुवाटारमा औपचारिक वार्ता सुरू

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच छलफल सुरू भएको स्रोतले जनाएको छ।

पाल्पामा बालुवा खानीमा पुरीएर दुईको मृत्यु

पाल्पामा बालुवा खानीको ढिस्कोमा पुरीएर दुई जनाको मृत्यु भएको छ । पूर्वखोला गाँउपालिका ४ को छेबकुनामा शनिबार साँझ बलुवा खानीमा पुरीएका दुई जनाको मृत्यु भएको हो । बालुवा निकाल्दै गर्दा बालुवाकै ढिस्को खसेर पुरीएका बली पोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

ललिता निवास जग्गा प्रकरणः ठगी मुद्दा नचल्ने, किर्तेको हदम्याद एक वर्ष

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरूबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सिध्याए पनि ठगी मुद्दा भने नचल्ने भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको भन्दै महान्यायाधिवक्ता कार्यालयले ठगी मुद्दा चलाउन रोक लगाएको हो।

बालुवाटार जग्गा प्रकरणः नैतिकताको प्रश्न किन उठ्दैन ?

चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरू केहीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा लगाए पनि केहीलाई नैतिक प्रश्नसमेत उठाइएको छैन। आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले आयोगमा पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको अवस्थामा निर्णय प्रक्रियामा सहभागीहरूलाई भने नैतिक प्रश्नसमेत उठाएको पाइएन।

संसद् विघटनविरुद्ध माटोको टिका लगाएर ‘बालुवाटार मार्च’ गरिँदै

प्रतिनिधि सभा विघटनविरुद्ध ‘बृहत नागरिक आन्दोलन’ ले माटोको टीका लगाएर प्रदर्शन गर्ने भएको छ।

‘सरकार जनहितविरुद्ध चल्दा सडकमा व्यवस्थाविरोधी आवाज’

प्रमुख राजनीतिक दलका नेताहरूले जनहित र जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा प्रतिगामी शक्ति चलमलाउन थालेको बताएका छन्। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले अहिलेका समस्याको मुख्य कारण सरकार नै भएको स्पष्ट पारे।

गिट्टी–बालुवा उत्खनन गर्न नदिँदा ज्यान मार्ने धम्की

चुरेलाई संवेदनशील र जोखिमपूर्ण क्षेत्र मानेर त्यसको संरक्षणमा जुटेका सुनसरी बराहक्षेत्रको अमाहा सामुदायिक वन समूहका अध्यक्षलाई क्रसर व्यवसायीले दिनगन्तीका पखाईमा बस्न धम्की दिएका छन्।

'खर्च होइन उपलब्धि देखाऊ'(फाेटाे फिचर)

सरकारविरुद्ध बालुवाटारमा आज पनि प्रदर्शन भएको छ। कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्नेलगायतका माग राखेर बिहीबार फेरि प्रर्दश भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्