१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टी–ट्वान्टी क्रिकेट: बालुवाटार र ग्रेट हिमालय विजयी

बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई ९ विकेटले पराजित गरेको हो। मैदान ओसिलो भएका कारण ढिला सुरु भएपछि खेल १० ओभरमा घटाइएको थियो। 

टस जितेर पहिले ब्याटिङको रोजेको बलपार्कले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १ सय ९ रनको योगफल खडा गरेको थियो। बालुवाटारले सो लक्ष्य ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

यस्तै शनिबार भएको दोस्रो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले पुलचोक इन्जिनियरिङ क्याम्पसलाई ६ विकेटले पराजित गरेको हो। पुलचोकले प्रस्तुत गरेको १ सय ७१ रनको विजयलक्ष्य ग्रेट हिमालयले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। प्रतियोगितामा १२ टोलीको सहभागिता छ।

प्रकाशित: २३ फाल्गुन २०७७ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App