नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारबाही, कार्यविभाजनलगायतका विषयमा निर्णय गर्ने बताइएको छ।
गत वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
प्रकाशित: १० वैशाख २०७८ ०६:५७ शुक्रबार