१० आश्विन २०८१ बिहीबार
image/svg+xml

जाडोमा सुन्दर फूल फुलाउने टेक्निक (फोटो फिचर)

गर्मी मौसममा मात्रै हैन जाडो मौसममा समेत आकर्षक तथा सुन्दर फूल फुलाउन सकिन्छ । जाडो मौसममा सुन्दर फूल फूलाएर घर तथा गार्डेन झिलिमिली बनाई बेहुलीजस्तै सिंगार्न सकिन्छ । गर्मी मौसमको तुलनामा जाडो मौसममा फूल फूलाउँदा भने निक्कै ध्यान दिनु पर्छ ।

विषादी परीक्षणको बेथिति

भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी परीक्षण केवल औपचारिकतामा सीमित देखिएको छ। रुपन्देहीको बेलहिया नाकाबाट भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गरिएपनि त्यो औपचारिकताका लागि मात्रै हुने गरेको छ।

‘कामलाई पूजा ठान्छु’

फूलको व्यापारले चल्दै छ, अमृता टण्डुकारको घर–व्यवहार। डेढ दशकअघि पतिको निधन भएपछि उनलाई घर–व्यवहार चलाउन समस्या हुन थाल्यो। त्यसपछि उनले फूलको व्यापार सुरु गरिन्।

सर्वत्र फूलैफूल

पश्चिमेली मुलुकमा सामान्य भेटघाट हुँदा फूल उपहार दिने चलन भए पनि हाम्रोमा चाडपर्व र धार्मिक काममा बढी प्रयोग हुन्छ। यिनैमध्ये बढी फूल माग हुने पर्व हो– भाइटीका।

गोदावरी फूलको माग थेग्दै काभ्रेका नर्सरी

अरू बेला खासै माग नहुने गोदावरी फूलको माग तिहारताका ह्वात्तै बढ्ने गर्छ। यही भएर काभ्रेका पुष्प किसान र नर्सरी सञ्चालकको ध्याउन्न कट्फ्लावरभन्दा पनि गोदावरी फूललाई कसरी तिहारमै फुलाउने भन्नेमा केन्द्रित रहँदै आएको छ।

रोमाञ्चक तिहार

कतिपयले आफ्नो पूरै घर झिलिमिली बत्तीले सजाउँछन्। घरभित्र धुलोका कण समेत नरहने गरी सरसफाइ गरिन्छ। सबैको घर त उज्यालो हुन्छ नै, मान्छेहरूको मुहार पनि खुसीले धपक्क बलेको देखिन्छ। तिहारको धार्मिक महत्व पनि धेरै ठूलो छ।

सयपत्री र मखमली फूलमा बाँके आत्मनिर्भर

सयपत्री तथा मखमली फूलमा बाँके आत्मनिर्भर बन्दै गएको छ। यसैले अहिलेको तिहारमा जिल्लामा भारतीय फूल नभित्रिने भएको छ। बाँके तथा आसपासका जिल्लामा उत्पादन भएका फूल पर्याप्त भएपछि भारतबाट सयपत्री र मखमली फूल नल्याउने भएको व्यवसायी बताउँछन्।

फूलैफूलको मौसम (फोटो फिचर)

तिहारमा सप्तरंगी टिका, मखमली र सयपत्री फूलको मालाको बिशेष महत्व हुन्छ। बजार अहिले फूलैफूलको भएको छ।

एक फलफूलको बोट : रु दशको नोट

चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ। गाउँपालिकाले यस आर्थिक वर्ष २०७६÷७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो।

कला क्षेत्रमा अब्बल कर्णाली

एक दशक अघि ‘कर्नाली दख्खिन बग्दो छ’ नामको नाटक निकै चर्चित बन्यो। मुगुको एक टिम काठमाडौं पुग्यो र कर्णालीको बास्तविक यथार्थ बोल्यो। नाटकले काठमाडौंलाई कर्णालीको दर्द सुनायो। विकट्ता चिनायो। संभावना देखायो।

खस भाषाको ‘पम्फा फूल’ मञ्चन

कर्णालीको कला संस्कृति झल्किने खस भाषाको नाटक ‘पम्फा फूल’ मञ्चन भएको छ। आईतबार खलङ्गामा स्थानीय कलाकारको लेखन तथा निर्देशनमा रहेको नाटक ‘पम्फा फूल’ मञ्चन भएको थियो।

रुपन्देहीको सैनामैनामा फूलखेती

नगरपालिकाको विभिन्न वडामा रहेका आमा समूहले आयआर्जनका लागि फूलखेती शुरु गरेपछि नयाँ अनुभव हासिल भएको बताएका छन्।

रुपन्देहीमा फूलखेती, भारतीय फूल आयातमा कमी

तिहार फूलैफूलको पर्व हो। हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको  तिहार आउन केही दिन मात्र बाँकी छ। पर्व एवं उत्सवका क्रममा प्रयोग हुने सयपत्री फूलको लागि सधैं भारतको भर पर्नुपर्छ। विगतको वर्षमा तिहारका लागि फूलमा विदेशको भर परेता पनि रुपन्देहीको विभिन्न क्षेत्रमा फूलखेती गरेकोले भारतिय फूल आयातमा कमि हुने देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्