१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फूल व्यापारीलाई व्यवस्थापन गरिँदै

काठमाडौं – विश्व सम्पदामा सूचिकृत पशुपति क्षेत्रमा अनाधिकृत रूपमा सञ्चालन भइरहेका पसल हटाइने भएको छ। पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचनामार्फत एक हप्ताभित्र पशुपति क्षेत्रका अनधिकृत रूपमा सञ्चालन भएका फूल तथा पूजा पसललाई हटाउन निर्देशन दिएको हो।

वनकाली, भकुण्डोल, मृगस्ली, कैलाशडाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा अब पसल राख्न नपाउने कोषले जनाएको छ। पसलले पशुपति क्षेत्र आउने पर्यटकलाई असहज भएको, धार्मिकस्थलको सौन्दर्यतामा हराउँदै गएकाले बाध्य भएर हटाउन लागिएको पशुपति क्षेत्र विकसका सदस्य सचिव प्रदीप ढकालले बताए। हप्तादिनभित्र नहटाए बाध्य भइर बल प्रयोग गरेर भएपनि हटाउने उनलेको भनाइ छ।

पञ्चदेव पछाडिका २६ पसलले मात्र स्वीकृति लिएको भएपनि यहाँ करिब दुई सय पसल टहरामा सञ्चालन भइरहेका छन्। नेपालको मौलिक संस्कृति पर्यटकलाई जानकारी गराउन अब हरेक महिनाको पहिलो दिन संगीत सन्ध्या आयोजना गरिने कोषले जानकारी दिएको छ।

प्रकाशित: ३ माघ २०७६ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App