१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

रुपन्देहीको सैनामैनामा फूलखेती

रुपन्देही– सैनामैना नगरपालिकामा अतिथिलाई लगाउने खाँदा विस्थापित गर्न फूलखेती शुरु गरिएको छ। खासगरी नगरपालिकाको विभिन्न वडामा रहेका आमा समूहले आयआर्जनका लागि फूलखेती शुरु गरेपछि नयाँ अनुभव हासिल भएको बताएका छन्।

‘हामीले माला उत्पादन गरेर खाँदा विस्थापित मात्रै गर्न सक्यौँ भने पनि ठूलो उपलब्धि हुन्छ’, पैरवी आमा समूह सैनामैनाकी अध्यक्ष सीता जिसीले भनिन्। उनले फूलखेतीका लागि मिहेनत धेरै गर्नुपर्ने अनुभव गरिएको जानकारी दिँदै फूलखेतीबाट धेरै उत्साहित भएको बताइन्।

सयपत्री फूलको खेती सैनामैना वडा नं ४ स्थित सिसौँडाँडामा गरिएको छ। सो आमा समूहले ११ कठ्ठा जग्गा भाडामा लिए पनि पाँच कठ्ठा जग्गामा मात्रै फूलखेती गरेकोे छ।

उक्त आमा समूहले नगरपालिकाले प्रदान गरेको रु ५० हजार अनुदानसमेत लिएको छ। एक लाख ८० हजार रुपैयाँ फूलखेतीमा लगानी गरेको आमा समूहले सोचेजस्तो बिरुवा नभएको कारण आम्दानी कम हुने अनुमान भएको बताएको छ।

 
आमा समूहकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले १०० देखि १५० रुपैयाँ सम्ममा माला बनाएर बेच्ने गरेको उल्लेख गर्दै स्थानीय बजारमै फूलखेती खपत हुने बताइन्।  उनले तीन वर्षका लागि ३० हजार वार्षिकरूपमा भाडा तिरेको जानकारी दिँदै  ५० प्रतिशत फूलको बिरुवा रोग लागेर खेर गएको बताइन्। 

कोषाध्यक्ष श्रेष्ठले अन्नपूर्ण एग्रोभेट, बुटवलबाट ल्याएको फूलको बीउ गुणस्तरीय नभएको उल्लेख गर्दै फूलखेतीको प्राविधिक विश्लेषण नभएको गुनासो गरिन्। त्यस्तै सैनामैना नगरपालिका–७ आमीको पुष्पाञ्जली आमा समूहले गरेको फूलखेती अधिकांश खेर गएको छ।
 
‘आधाभन्दा बढी फूलको बिरुवा गोडेर फालेका छौँ’, पुष्पाजञ्ली आमा समूहका उपाध्यक्ष निरु रानाले भनिन्। उनले दुई हजार रुपैयाँ वार्षिकरूपमा तिरेर जग्गा भाडामा लिएर फूलखेती गरेको जानकारी दिँदै ठिमाहा बीउ र पतेरोको ठूलो समस्या देखिएको बताइन्। नेपालीको चाड भाइटीकामा फूलको प्रयोग बढी हुने भएकाले पनि कृषकको उत्साह बढेको छ। रासस

प्रकाशित: २ कार्तिक २०७६ ०७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App