१० आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

खस भाषाको ‘पम्फा फूल’ मञ्चन

खलङ्गा – कर्णालीको कला संस्कृति झल्किने खस भाषाको नाटक ‘पम्फा फूल’ मञ्चन भएको छ। आईतबार खलङ्गामा स्थानीय कलाकारको लेखन तथा निर्देशनमा रहेको नाटक ‘पम्फा फूल’ मञ्चन भएको थियो।

नाटकलाई स्थानीय कलाकार हिराबिजुली नेपालीले लेखका थिए। त्यस्तै गोविन्द सुनारको निर्देशनमा रहेको नाटकमा १३ जना कलाकारको समूहले निर्माण गरेर मञ्चन गरिएको थियो।

नाटकले धनको कारण आमाबुबा, दिदीबहिनी, श्रीमतीसहित परिवारका अन्य सदस्यलाई पीडा दिइरहेको कथा प्रस्तुत गरिएको थियो। खस सभ्यताका जानकार रमानन्द्र आचार्यले नाटकले खस सभ्यता झल्काउने र सामाजिक अवस्थाको चित्रण गरेको बताए। तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले नाटक खस भाषा संरक्षणको आधार भएको प्रतिक्रिया दिएका थिए।

नागरिक समाजका संयोजक राजबहादुर महतले स्थानीय कलाकारको मेहनत र नाटकको सन्देश मार्मिक भएको बताए। कला घर जुम्लाको पहिलो प्रस्तुति सो नाटक यही कात्तिक ८ सम्म मञ्चन हुने निर्देशक सुनारले जानकारी दिएका थिए। खस सभ्यता झल्काउने पोषाक, पहिरन तथा भाषाको नाटकले बजार पाउने धेरै दर्शकको प्रतिक्रिया थियो।

प्रकाशित: ५ कार्तिक २०७६ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App