१ मंसिर २०८१ शनिबार
image/svg+xml

एनआरएनए बेल्जिमयको अध्यक्षमा सापकोटा, महासचिवमा रुविना शर्मा

गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन्।

इन्धनको मूल्य घटेर आउँदा घट्ने, बढ्दा बढ्ने

यो प्रणाली अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर ६ रूपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ४ रूपैयाँ र ग्यास प्रति सिलिन्डर १० रूपैयाँ मूल्य घटाएको छ ।

वाग्नर समूहमा नेपाली युवा!

भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रूसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ।

नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने

सन् २०२४ मा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना गर्ने प्रतिबद्धता सहित माउन्टेन स्पोर्ट्स कन्क्लेभ सम्पन्न भएको छ । नगरकोटमा शनिबार सम्पन्न दुई दिने माउन्टेन स्पोर्ट्स कन्क्लेभको समापन समारोहमा सम्पुर्ण सहभागीले अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनामा प्रतिबद्धता जनाएका हुन् ।

नेपाल टेलिकमकोे समर अफर थप परिष्कृत

नेपाल टेलिकमले समर अफर ल्याएको छ। शुक्रबार असार २९ देखि लागु हुने गरी कम्पनीले समर अफर ल्याएको हो। अफर सेवाग्राहीको रुचि र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका आएको कम्पनीले जनाएको छ।

नेपाली टेटे टोली नोएडामा प्रशिक्षण गर्दै

चीनमा आयोजना हुने १९औें एसियाली खेलकुदको तयारीस्वरूप नेपालका टेबल टेनिस खेलाडीले भारतको नोएडामा प्रशिक्षण गर्ने भएका छन्।

प्रधानमन्त्री कप एनभिए राष्ट्रिय क्लब लिग :नेपाल पुलिसका दुवै टोली फाईनलमा

नेपाल पुलिस क्लबका महिला र पुरुष दुवै टोली सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको फाईनल प्रवेश गरेका छन्।

पर्यटन बोर्डले सवा अर्ब रुपैयाँको बजेट ल्याउँदै

नेपाल पर्यटन बोर्डले आगामि आर्थिक वर्ष २०८०/०८१ का लागि करिब सवा अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। पर्यटन बोर्डले अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिने विदेशी पर्यटकसँग एकजनाको एकहजार रुपैयाँको दरले शुल्क लिन्छ। त्यस्तै पदयात्रा व्यवस्थापन सूचना प्रणालि (टिम्स)बापत पनि संकलन भएको रकम पनि बोर्डको आम्दानीको अर्काे मुख्य श्रोत हो।

नेपालीको मृत्यु रहस्यमय, प्रहरीको अनुसन्धान फितलो

कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. १८ का ४५ वर्षीय महेश नेपालीको मृत्यु रहस्यमय बनेको छ। मृतक नेपाली जेठ १६ गते कारागारमा रहेका छोरालाई भेट्न घरबाट निस्किएका थिए। उनका छोरा कमल नेपाली लागुऔषध मुद्दामा दाङ कारागारमा छन। तर उनले छोरालाई भेट्न नपाउँदै ज्यान गुमाउनु पर्‍यो।

पाकिस्तान विरुद्ध नेपाललाई तेश्रो विकेट हात लाग्यो

एसिसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान विरुद्ध नेपाललाई तेश्रो विकेट हात लागेको छ ।

नेपालविरुद्ध पाकिस्तानले पहिलो १५ ओभरमा ७६ रन बनायो

एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले दिएको १८० रनको लक्ष्य सहित मैदान उत्रेको पाकिस्तान ए ले १५ ओभरमा२ विकेट गुमाएर७६ रन बनाएको छ। नेपालका लागि दुवै विकेट पवन सर्राफले लिएका हुन।

चमेलिया-स्याउले-अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया-स्याउले-अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ।

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो संख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्