१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो

फाइल तस्बिर

नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

पत्रकार सम्मेलन गर्दै निगमले  डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा लिने गरी अब स्वचालित मूल्यमा जाने निर्णय गरिएको जानकारी दिएको छ।

यो  निर्णयसंगै आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ।

प्रकाशित: ३१ असार २०८० १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App