दलित महिलामाथि निर्घात कुटपिट
रुपन्देहीको शुद्धोधनमा एक दलित महिलालाई ६ जनाको समूहले निर्घात कुटपिट गरेका छन्।
रुपन्देहीको शुद्धोधनमा एक दलित महिलालाई ६ जनाको समूहले निर्घात कुटपिट गरेका छन्।
चाहे पहाडमा होस् वा मधेसमा। दलित समुदायमाथि हाल भइरहेको नृशंस र अमानवीय घटनाले दलित मात्र नभई समाजको अग्रगमन चाहने हरकोहीलाई आरामको निद पर्न दिँदैन।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ।
नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ।
जब समाजमा पुँजीको उदय भयो, तब वर्ग पनि देखापरेको हो। अनि पछि विभिन्न जात, धर्म, संस्कार र संस्कृति स्थापना भएको पाइन्छ।
धार्मिक परम्परानुसार कालीकोटमा पुजाका लागि मन्दिर प्रवेश गर्न खोज्दा एक दलित युवक कुटिएका छन्। जिल्लाको शुभकालीका गाउँपालिका–७, स्थित मच्छेवाडीमा धल्पुरा देवताको पुजा गर्न मन्दिर प्रवेश गर्न खोज्दा सोही गाउँपालिका–८, पुरीबाडाका २२ वर्षीय पंखबहादुर विकलाई अन्य जातिका युवाहरूले कुटपिट गरेका हुन्।
दलित युवा पुस्तामा जातीय विभेदको असर नराम्रोसित परेको औल्याउँदै उनले जातीय उत्पीडनको भारी बोक्न बाध्य मस्तिष्कलाई लोकसेवा तथा अन्य प्रकारका प्रतिस्पर्धामा उत्रिन बाधा परेको बताए । ‘कूल मस्तिष्कको ६० प्रतिशत हिस्सा त जातीय समस्याकै विषयमा सोचेर बिताउनुपरेको छ,’ सचिव बिकेले भने ।
दैलेखस्थित एक विद्यालयका दलित विद्यार्थीहरूको छात्रवृत्ति रकम दुरुपयोग भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मी र प्रधानाध्यापक अनिताकुमारी न्यौपानेलाई रकम हिनामिनाको सम्बन्धमा स्पष्टिकरण सोधेको छ ।
नेपालमा पहिला दलित समुदाय निजामती क्षेत्रमै विरलै थिए । भएपनि स–साना पदवाटै निभृत्तिकरण लिएका भेटिन्थे । सोमबार नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायका व्यक्ति डा. मानवबहादुर बिके सचिव पदमा पुगेका छन् ।
काम नगर्ने व्यक्ति भूमिका मालिक बनिरहेका छन्। तर, भूमिमा नङ्ग्रा खियाउनेहरू परनिर्भरतामा कष्टकर जीवन जिउन विवश बनेका छन्। सरकार मूकदर्शक बनिदिन्छ।
अधिकांश गैर दलितहरू कथित उच्च जातीय अहंकारको दलदलमा मानवीय चेत र विवेक गुमाएर कसरी मौन बस्छन् र दलितको मुद्धा दलितकै मुद्धाका रूपमा मात्र हेरिन्छ भन्ने कुरो रुकुम घटनाले देखाएको छ।
रुकुम पश्चिम घटनाको विरोध गर्दै पोखराका दलित समुदायले धर्ना दिएका छन । रुकुम पश्चिममा भएको घटनाको विरोध गर्दै पोखरामा भएको विरोध र्यालीमा उर्लिएको दलित समाजले आन्दोलन थप चर्काउने चेतावनी समेत दिएका छन् ।
दलित आन्दोलन हामी दलित होइनौँ र अछूत होइनौँ भन्ने हुनुपर्छ। त्यो आन्दोलनले यो मान्यतालाई समाजमा स्थापित नगरेसम्म थुप्रै नवराजहरू स्थानीय नवराजाहरूका सिकार बनिरहने छन्।
आर्थिक विपन्न तथा दलित परिवारलाई बोका बाख्रा वितरण गरिएको छ। मुड्केचुला गाउँपालिका ४ इलगाउँका आर्थिक विपन्न र दलित परिवारका ४० जनालार्ई ३ बाख्रा १ बोकाका दरले १ सय ६० ओटा बोकाबाख्रा वितरण गरिएको हो।
जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा भएको घटनालाई राजनीतिक आडमा तोडमोड गर्ने प्रयास भइरहेको दलित अधिकारकर्मीले आरोप लगाएका छन्। केही स्थानीय तथा जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष मानबहादुर नेपालीले बताए।