५ आश्विन २०८१ शनिबार
image/svg+xml

विमानस्थल सुन प्रकरण: भन्सार कार्यालयका ३ कर्मचारी र ३ एजेन्ट पक्राउ

राजस्व अनुसन्धान विभागका सुचना अधिकारी नवराज अधिकारीले सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेको जानकारी दिए।

सुन र विदेशी मुद्रा तस्करीमा कारबाही सिफारिस गरिएका मल्होत्रा नै विमानस्थल व्यवस्थापनमा

सुन र विदेशी मुद्रा तस्करीमा पटक पटक नाम जोडिएर कारबाहीका लागि सिफारिस भएका व्यापारी दीपक मल्होत्रालाई नै सरकारले विमानस्थलका अधिकांश सेवाहरूको व्यवस्थापन र सञ्चालन जिम्मा दिएको छ। त्यो पनि ३० वर्षका लागि।

राजस्व ओरालो, तस्करी उकालो

सिरहाको ठाँढी, सप्तरीको गोबरगाढा, कोसीपलार, धनुषाको जटही, महोत्तरीको सम्सीलगायत सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा, स्याउ र मरिच तस्करीमा वृद्धि भएको छ।

सुन तस्करीका बिचौलिया विमानस्थल सुधारक !

विदेशी मुद्रा तथा सुन तस्करीमा पटकपटक नाम जोडिएका र विगतमा मुद्रा तस्करीमा कारबाहीका लागि सिफारिस भएका व्यापारी दीपक मल्होत्राको कम्पनी आइएमएस ग्रुपले विमानस्थल पार्किङ, आगमन कक्ष सञ्चालन गरिरहेको छ।

सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी हुन्: वामदेव गौतम

पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरू नै दोषी रहेको बताएका छन्।

सुन तस्करी सेटिङमा को-को संलग्न छन्? अनुसन्धान आबश्यक छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विमानस्थलबाट सुन तस्करी सेटिङबाटै भइरहेको बताएका छन्।

सुन र मुद्रा तस्करबीच साँठगाँठ

सुन तस्करको ‘कनेक्सन’ हुन्डी र विदेशी मुद्राको अवैध कारोबारीसँग जोडिएको छ। नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीमा जोडिएका व्यक्ति र हुन्डी तथा विदेशी मुद्राको अवैध कारोबारमा जोडिएका व्यक्तिहरूको गिरोह एकै भएकाले उनीहरूबीच कनेक्सन देखिएको छ।

सुन तस्करीको विरोधमा मसाल जुलुस प्रर्दशनी (तस्बिर सहित)

राष्ट्रिय युवा संघ नेपालले सुन तस्करी कान्डमा साना भरियालाई मात्र समातेर ठुलालाइ उन्मुक्ती दिने प्रपन्च रचिरहेको भन्दै नारा लगाउदै आज नयाँ बानेश्वरस्थीत कार्यालयबाट मसाल जुलुस निकालेको छ।

सुन तस्करीमा नाम जोडिएका ‘हाई प्रोफाइल’ हरू

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा मात्र होइन विगतको एउटा सुन तस्करी काण्डमा तत्कालीन गृहमन्त्री तथा पूर्व उपप्रधानमन्त्री समेत भएका नेकपा एमालेका तत्कालीन नेता बामदेव गौतमको नाम पनि मुछिएको थियो।

कहाँ जान्छ हङकङबाट आएको सुन ?

नेपाली कम्पनी दर्ता गरेर हवाईमार्गबाट अन्य वस्तुको आयातको आवरणमा मंगलबार सुन भित्रिएको देखिँदा भन्सारमा मिलेमतो देखिनु, प्रहरी युनिटहरू बरामद र अनुसन्धानमा संलग्नै नहुनु, राजस्व अनुसन्धान विभागले प्रारम्भदेखि नै अनुसन्धान गर्नुले चिनियाँ समूहको संलग्नता रहेको पुष्टि भएको स्रोतको दाबी छ।

'सुन तस्करीमा नारायणकाजीको नाम आइसकेको छ, राजीनामा माग्न जाऔं'- कांग्रेस नेता जितजंग बस्नेत

उनले तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी नेता कृष्णबहादुर महरा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत नाम आएको उल्लेख गरे।

सुन तस्करी प्रकरणमा समातिनेको संख्या १० पुग्याे, चार जनाको आज म्याद थप गरिने

झण्डै एक सय किलो सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। राजस्व अनुसन्धान विभागले गएराति थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको हो। याे संगै पक्राउ पर्नेकाे संख्या १० पुगेकाे छ।

सुन तस्करीमा राजनीतिको जलप

नेपालमा दैनिकजसो सुन तस्करी हुने गरे पनि राजनीतिको बलियो जलप लगाइँदा हत्तपत्त बरामद हुँदैन। बरामद भएको सार्वजनिक भइहाले पनि भरिया समातिन्छन् तर मुख्य खेलाडी पर्दाबाहिरै हुन्छन्।

सुन तस्करीको ट्रान्जिट बन्दै ‘नेपाल’, दश वर्षमा ८ क्विन्टल सुन बरामद

चीनबाट तस्करी गरेर ल्याउने गरिएको सुन तस्करहरूले दक्षिण छिमेक भारत पुर्‍याइरहेका छन्। विभिन्न तीन तहमा सक्रिय तस्करहरूले चीनबाट सुन नेपाल पठाउने, काठमाडौँमा भण्डारण गर्ने, काठमाडौँबाट नेपाल–भारतको नाका हुँदै भारत छिराउने काम गरिरहेका छन्।

मधेस प्रदेशमा सुरक्षाकर्मी, भन्सारकर्मी र तस्करको त्रिकोणात्मक ‘सेटिङ’

सिरहाको ठाढी, माडर र बरिया पट्टी नाका पछिल्लो समय तस्करको सुरक्षित अखाडा बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्