९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

'सुन तस्करीमा नारायणकाजीको नाम आइसकेको छ, राजीनामा माग्न जाऔं'- कांग्रेस नेता जितजंग बस्नेत

नेपाली कांग्रेसका केन्द्रिय सदस्य जितजंग बस्नेतले सुन तस्करीमा गृहमन्त्रीको पनि नाम आइरहेको उल्लेख गर्दै उनको राजिनामा माग्न जानुपर्ने प्रस्ताव गरेका छन्।  

उनले तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी नेता कृष्णबहादुर महरा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत नाम आएको उल्लेख गरे।  

शुक्रबार पार्टी कन्द्रिय कार्यसमितिको बैठकमा बस्नेतले उक्त प्रस्ताव गरेका हुन। ‘सुन तस्करीमा गृहमन्त्रीको नाम आएको छ। कृष्णबहादुर महराको नाम आएको छ’,उनले भने, ‘नारायणकाजीको नाम आइसकेको छ । उहाँको राजिनामा माग्न जाखौं । हाम्रा साथीहरु गृहमन्त्री कहा जाने की नजाने?’

प्रकाशित: ५ श्रावण २०८० ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App