५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुन तस्करी प्रकरणमा पक्राउ दावा छिरिङको कनेक्सन कुन–कुन नेतासँग छ ?

एक क्विन्टल सुन तस्करी प्रकरणमा ‘कनेक्सन’ देखिएपछि आइतबार काठमाडौँको ठमेलबाट पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको राजनीतिक कनेक्सन कडा देखिएको छ।

हङकङ भन्सार कार्यालयलाई प्रश्न: ‘अर्कै थोक भनेर लेखिएको सामग्रीमा सुन कसरी आयो?’

सुन तस्करीको छानबिन गरिरहेको भन्सार विभाग अन्र्तगतको छानबिन समितिले हङकङ विमानस्थलस्थित भन्सार कार्यालयसँग जवाफ मागेको छ।

‘मानवीय त्रुटि’ भन्दै शंकास्पद कर्मचारी जोगाउने खेल

कर्मचारीहरूको मिलेमतो भए/नभएको विषयमा प्रस्ट रूपमा कुरा आइसकेको छैन। मानवीय त्रुटि भएको कुरा आएको छ। त्यत्रो काम गर्दा कहिलेकाहीं भूलचुकमा त्रुटि हुन पनि सक्छ। तर छानबिन भइरहेकाले अहिल्यै सबैथोक भन्न सकिन्न।

सुन तस्करी नियन्त्रणमा संसदीय समितिको भूमिका प्रभावकारी हुनुपर्ने

सुन तस्करी नियन्त्रणमा संसदीय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सांसदहरूले माग गरेका छन्।

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आए पनि मुख्य मालिकभन्दा भरियाले सास्ती पाउने गरेका छन्। लगानीकर्ता र तस्करहरूले भरियामार्फत सुन ओसारपसार गर्ने गरेका छन्। त्यसकारण सुरुमा भरिया मात्रै पक्राउ पर्ने र मालिकहरूले उन्मुक्ति पाउने गरेका हुन्।

सत्तापक्षका सांसदहरुको मागः सुन तस्करी नियन्त्रणमा संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्छ

सत्तारुढ राष्ट्रिय सभाका सांसदहरुले पनि सुन तस्करी नियन्त्रणमा संसद र संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यक्ता औंल्याएका छन्।

सुन तस्करीको ‘राडर’मा देखिएका अडुकियालाई कसले भगायो

२०६५ सालअगाडिसम्म राकेश अकुडिया सेयर बजारमा सक्रिय थिए। त्यसपछि अडुकियाले वेल्थ एक्सचेन्ज नामक कमोडिटी मार्केटिङ कम्पनी खोलेका थिए। विभाग स्रोतका अनुसार उनीसँगै अहिले आयात–निर्यातमा संलग्न दुई व्यापारी पनि जोडिएका छन्।

गृहमन्त्रीको संलग्नता बिना विमानस्थलबाट सुन तस्करी हुनै नसक्ने एमालेकाे दाबी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ।

किन निसानामा छन् गृहमन्त्री श्रेष्ठ ?

सुन तस्करी प्रकरणमा प्रतिपक्षी दलबाट मात्रै होइन्, सत्तारूढ दलभित्रैबाट पनि गृहमन्त्री श्रेष्ठ आलोचनाको केन्द्रमा छन्। यो विषय प्रतिनिधिसभा बैठक, संसदीय समिति र पार्टीका बैठकमा पनि उठेको छ।

‘रेडी ट्रेड’ ले २२ पटक सुन तस्करी गरेको आशङ्का

करिब १ सय किलो भन्दा बढी सुन तस्करी गरेको ‘रेडी ट्रेड’ नामको कम्पनीले अहिलेसम्म २२ पटकसम्म मोटरसाइकलको ‘ब्रेक सु’ आयात गरेको तथ्य बाहिर आएको छ।

क–कसले खोले सुन तस्करी गर्न हङकङमा कार्यालय ?

नेपालमा सुन तस्करी गर्न हङकङमा कार्यालय खोल्नेहरूमा अधिकांश भारतीय नागरिक र भारतीय मूलका नेपाली छन्।

ओलीको प्रश्न-सुन तस्करीमा गृहमन्त्रीको संलग्नता छ वा छैन, छैन भने कस्को छ?

सोमवार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवार र बत्तमिजी भएको उल्लेख गरेका हुन्। उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने जिकिर गरे।

सुन तस्करीका लागि हङकङमा कार्यालय!

नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।

सुन काण्ड: राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग

राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्