५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

‘रेडी ट्रेड’ ले २२ पटक सुन तस्करी गरेको आशङ्का

करिब १ सय किलो भन्दा बढी सुन तस्करी गरेको ‘रेडी ट्रेड’ नामको कम्पनीले अहिलेसम्म २२ पटकसम्म मोटरसाइकलको ‘ब्रेक सु’ आयात गरेको तथ्य बाहिर आएको छ।

यो तथ्यसँगै अनुसन्धानमा संलग्न पदाधिकारीहरूले प्रायः सबै पटक सुन तस्करी भएको हुनसक्ने अनुमान पनि गरेका छन्।

यो कम्पनीले हङकङबाट ३३ पटक र १ पटक दुबईबाट सामान आयात गरेको देखिएको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार योमध्ये २२ पटक सुन तस्करी गरेको अनुमान गरिएको हो।

तर यो पटक मात्र किन सुन बरामद भयो ? र, अन्य समयमा किन भएन ? भन्ने प्रश्नको जवाफ आधिकारिक रूपमा आएको छैन। त्यसको अनुसन्धान त भइरहेको छ। पूर्व सुरक्षा अधिकारी, यसअघिका तस्करी घटनाका अनुसन्धानमा संलग्न पूर्व पदाधिकारी तथा अहिलेकै अनुसन्धानमा नखुलेका पदाधिकारीहरू भने भन्सार, गृह र विमानस्थल प्रशासनको मिलेमतो बिना १ सय किलो सुन विमानस्थलबाट बाहिर आउनै नसक्ने ठोकुवा गरिरहेका छन्।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार नेपालमा तीन महिनाअघि खुलेको रेडी ट्रेड नामको कम्पनीले २२ पटक भन्दा बढी मोटरसाइकलको ‘ब्रेक सु’मा आयात गर्दा त्यसमा सुन लुकाएर ल्याएको अनुमान गर्न थालेका छन्।

प्रकाशित: ९ श्रावण २०८० ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App