१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

हङकङ भन्सार कार्यालयलाई प्रश्न: ‘अर्कै थोक भनेर लेखिएको सामग्रीमा सुन कसरी आयो?’

सुन तस्करीको छानबिन गरिरहेको भन्सार विभाग अन्र्तगतको छानबिन समितिले हङकङ विमानस्थलस्थित भन्सार कार्यालयसँग जवाफ मागेको छ।

‘यति ठुलो मात्रामा उता (हङकङ) बाट कसरी सुन आयो भन्ने विषयमा हामीले हङकङस्थित विमानस्थल भन्सार कार्यालयसँग जवाफ मागेका छौं,’ महानिर्देशक शोभाकान्त पौडेलले भने, ‘त्यहाँ किन राम्रोसँग जाँच भएन? हङकङ भन्सारको एक्स–रे मेसिनले किन त्यति ठुलो परिमाणको सुनबारे थाहा पाएन? सुन तस्करलाई सहयोग हुनेगरी किन सुन पठाइयो भन्ने सम्बन्धमा हामीले जवाफसहित छानबिनमा सहयोग मागेका छौं।’  

उताबाट पनि छानबिनमा सहयोग गर्ने प्रतिबद्धता आएको उनले नागरिकन्यूजलाई जानकारी दिए। छानबिन समितिले पत्राचार गरेर हङकङस्थित विमानस्थलको भन्सार कार्यालयलाई छानबिनमा सघाउन आग्रह गरेको हो।  

भन्सार विभागकाअनुसार हङकङ विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर आउँदा रेडी ट्रेडर्सको उक्त सामानलाई ‘लिड विथआउट ब्याट्री’ र ‘ब्रेक सु’ भनेर लेखिएको छ। यसरी अर्कैथोक भनेर लेखिएको सामग्रीमा सुन कसरी आयो? भन्ने विषयमा भन्सार विभागको छानबिन समितिले हङकङ विमानस्थलको भन्सार कार्यालयलाई प्रश्न सोधेको छ।

प्रकाशित: १४ श्रावण २०८० ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App