१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको संलग्नता बिना विमानस्थलबाट सुन तस्करी हुनै नसक्ने एमालेकाे दाबी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ।

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनेकुरा नभएको भन्दै अब गृहमन्त्री पनि अनुसन्धानको घेरामा आउनुपर्ने बताए।

उनले गृहमन्त्री, अर्थमन्त्रीलाई जानकारी नभइ यति ठूलो परिणामा सुन तस्करी हुनै नसक्ने बताए। उनले सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ ? त्यसको जवाफ कसले दिने ? भन्दै प्रश्न गरे । उनले सुरक्षा व्यवस्थामा खटिएका कर्मचारी, भन्सार कर्मचारी र गृहमन्त्री एवं अर्थमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने बताए। उनले सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने र समितिमा राष्ट्रिय सभा सदस्यहरु पनि रहनुपर्ने माग गरे।

उनले भने, चाल्र्स शोभराजले नेपालको त्रिभुवन विमानस्थलबाट सिंगो हात्ती छिराइदिन्छु भन्थे, नेपालमा यही श्रावण ३ गते १५५ किलो ४६८ ग्राम सुन मात्र एक सय किलो भनिएको छ । यो हात्ती सरहको एक सय केजी सुन हवाइ मार्गबाट भित्रिँदा थाहा नपाउने सरकार, खासगरी गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ । सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ ? त्यसको जवाफ कसले दिने ? यो सरकारले दिनुपर्ने होइन, तर आफूले कुनै जवाफदेहीता लिनु नपर्ने जसरी गृहमन्त्री निक्कै फुर्तिका साथ विमानस्थल गइ कुनै टार कोटलाई छोडिँदैन भन्नुहुन्छ ।' 

दाहालले अगाडी भने, 'सुरक्षा व्यवस्था तोड्दै बाहिर सुन पक्राउ भएपछि सुरक्षा व्यवस्था मैले व्यवस्थित गर्न सकिन भनेर यो सम्मानित सदनलाई सम्बोधन गर्दै राजीनामा दिनुपर्दथ्यो । यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नता बिना हुनसक्ला र ? त्यसैले यो नैतिकताको विषय रहेन, ३ गते राजीनामा दिएको भए नैतिकताको विषय हुन्थ्यो, यो त अब सम्पूर्ण सुरक्षा र भन्सारमा रहेका कर्मचारी अनुसन्धानमा आउनुपर्छ । सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्छ । त्यसमा राष्ट्रिय सभाका मान्यहरु पनि हुनुपर्छ ।’

दलका नेता दाहालले सुन तस्करीमा उच्च तहको नेतृत्व सामेल भएपनि अनुसन्धानको दायरामा ल्याउन नसकेको बताए।

प्रकाशित: ११ श्रावण २०८० ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App