‘बढुवाको सपना टायरको धुवाँसँगै खरानी भयो’
सहप्राध्यापक डा. सुशील यादवले समाजशास्त्र पढाउँदै आएको ३० वर्ष भयो । उनी बढुवाका लागि अन्तर्वार्ता परीक्षा दिन राजधानी आउँछन् । जब परीक्षा दिने दिन नजिकिन्छ, विद्यार्थी संगठनले विश्वविद्यालयको सेवा आयोगमा तालबन्दी गरिहाल्छन् ।