२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यार्थीको शङ्कास्पद मृत्यु भएको भन्दै होस्टेल र विद्यालयमा आगजनी

उषा बाल बाटिका स्कुलमा आक्रोशित आफन्तहरूले गरेको आगजनी। तस्बिर : गोविन्द केसी/नागरिक

होस्टेलमै विद्यार्थीको मृत्यु शङ्कास्पद भएको भन्दै आक्रोशित विद्यार्थीका आफन्तहरूले होस्टेल तोडफोडसहित विद्यालयमा आगजनी गरेका छन्। सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बाल बाटिका सेकेण्डरी स्कुलको होस्टेलमा विद्यार्थी शङ्कास्पद रुपमा झुन्डिएको अवस्थामा फेला परेका थिए। 

आगजनीका कारण विद्यालय पूर्ण रुपमा क्षति भएको छ। दुई वटा दमकलले आगो निभाएका थिए। प्रहरी संख्या कम हुँदा आक्रोशित बालकका आफन्तहरूले छिनभरमै विद्यालय आगजनी गरेर पूर्ण रुपमा क्षति गरेका थिए।

कक्षा २ मा अध्ययनरत वर्ष ८ का सलाम पुलामी मगर दुई तला भएको बेडमै झुन्डिएको अवस्था फेला परेका हुन्।  दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका बालकको आफन्तहरू आई सकेका छन्। शुक्रवार साँझ झुन्डिएको अवस्थामा फेला परेका बालकको शव आफन्तहरूले उठाउन दिएका छैनन्। जसका कारण पोस्टमार्टम हुन सकेको छैन्। बालकको मृत्यु शङ्कास्पद भएको भन्दै आफन्तहरूले होस्टेल घेराउ गरी शव उठाउन दिएका छैनन्। 

पोस्टमार्टमका लागि शव लैजान नसकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता ९डिएसपी० लक्षमण शाहीले बताए। विद्यालय र होस्टेल आसपास  ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। पीडित पक्षले घटनाको छानबिन हुनुपर्ने माग राख्दै तोडफोड र आगजनी गरेका हुन्।

प्रकाशित: १३ आश्विन २०८० ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App