१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बंकरबाट विद्यार्थीको गुहार: हामीलाई पनि क्रुरतापूर्वक मार्‍यो भने, बिन्ती उद्दार गरिदिनु

इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीले छिटोभन्दा छिटो उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन्।

सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन सुवेदीले बंकरबाट एक भिडियो सन्देशमार्फत् छिटोभन्दा छिटो उद्दार गरिदिन सरकारसँग आग्रह गरेका हुन्।

उनले बंकरमा पाँच जना रहेको बताएका छन्। बंकरमा पनि मिसाइल खस्छ कि भन्ने डरमा बसेको उनले बताएका छन्।

उनले भनेका छन्,'म यो भिडियो नबनाउने स्थितिमा थिए। घरकालाई पीडा हुन्छ भनेर भिडियो नबनाउने भनेका थियौँ। तर अहिले घरभन्दा माथि उठेर बनायौँ।बंकरमा बस्न थालेका तीन दिन भयो। दूतावासले केही गर्छ कि भनेर पर्खिएर बसेका छौँ। मृत्यु भएका १० जनाको हारगुहार सम्झिरहेका छौँ। रातभरी निन्द्रा लाग्दैन। बंकरमा त बचेका छौ भन्ने भएको होला। तर यहि बंकरभित्र नै आएर क्रुरतापूर्वक मार्‍यो भने। बिन्ती हाम्रो उद्दार गरिदिनु।'

उनले भारतले आफ्ना नागरिक लगिसक्दा नेपालले भने आफूहरुलाई वास्ता नगरेको बताएका छन्।

'३९ जनामा १० जनालाई त हामीले गुमाइसक्यौं, अन्यलाई त उद्दार गर्न त सकिन्छ होला नी। सरकारको मिटिङ भइरहेको छ भन्ने कुरा हमीलाई सुनाउनु पर्दैन। राज्यले यो गरिरहेको छ त्यो गरिरहेको छ हामीलाई सुन्नु छैन। हामी बंकरमा बसेको पनि त तीन दिन भयो त्यो पनि बुझदिनु', उनले भनेका छन्। 

प्रकाशित: २२ आश्विन २०८० ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App