६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

इजरायलबाट नेपाली विद्यार्थी भन्छन्: बंकर नहुँदा हामी असुरक्षित भयौं

इजरायलमा रहेका नेपाली विद्यार्थीहरुले बंकर नभएका कारण आफूहरु असुरक्षित रहेको बताएका छन्।

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कृषि विज्ञान संकायबाट लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका केही विद्यार्थीहरुले बंकर नभएका कारण आफूहरु असुरक्षित रहेको बताएका हुन्।

सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कृषि विज्ञान संकायका स्कुल एफ एग्रिकल्चर प्रमुख सुशील न्यौपानेले लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका केही विद्यार्थी घाईते भएका छन भने केही विद्यार्थी सम्पर्क विहिन रहेको जानकारी दिए।

उनका अनुसार तीन जना विद्यार्थीको घाईते अवस्थामा उपचार भैरहेको छ। घाईते हुनेमा टीकापुरका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेल र सल्यानका विधान सेजुवाल रहेका छन। उनीहरु मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ।

उनीहरु त्यहाँको एलोमिन भन्ने स्थानमा रहेको कृषि फार्ममा काम गर्थे। सोही ठाउँमा कार्यरत १७ जना मध्ये टीकापुरका विरेन्द्र चौधरी कुनै कुनै बेला सामाजिक सञ्जाल मार्फत सम्पर्कमा आउने गरेको न्यौपानेले जानकारी दिए। उनका अनुसार चौधरीले आफू सेनाको घेरामा रहेको जानकारी दिने गरेका छन। 

उनले डेनी हमर भन्ने ठाउँमा रहेका नौजना विद्यार्थी सम्पर्कमा आएको जानकारी दिए। उनका अनुसार सबै विद्यार्थी घरमा बसिरहेका छन। उनीहरु सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएको न्यौपानेले बताए।

सम्पर्कमा आउनेमा बाजुराका रमेशबहादुर कार्की, रौतहटका विनोदप्रसाद साह, कैलालीका आभाष भट्टराई, कञ्चनपुरका नरेशसिँह भण्डारी, डडेल्धुराका लोकेन्द्र बिष्ट, कैलालीका रोहित नायक, रौतहटका निरञ्जन कुमार कुसहवा, कैलालीका अरविन्द कुमार चौधरी र बाँकेका उपेन्द्र जिसी रहेका छन।

कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमेष्टरका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए। उनीहरु मध्ये १० जना छात्रा रहेका छन। उनीहरु १० महिनाका लागि इजरायल गएको न्यौपानेले बताए। विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान संकायले कार्यक्रम अन्र्तगत पहिलो पटक विद्यार्थी पठाएको थियो।  

प्रकाशित: २१ आश्विन २०८० ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App