१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

निजी विद्यालयमा ताला लाउँदैमा शिक्षा क्षेत्रको सुधार हुन्न : पम्फा भुसाल

फाइल तस्बिर

माओवादी(केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले निजी शैक्षिक संस्थालाई  धारे हात लाएर मात्र सरकारी शिक्षा मजबुत नहुने धारणा राखेकी छिन्।

आज अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय टिमको बैठकमा विद्यार्थी नेताहरुलाई प्रशिक्षणात्मक निर्देशन दिँदै नेतृ भुसालले यस्तो धारणा राखेकी हुन।

सरकारी  र सार्वजनिक शिक्षालाई  महत्व दिने पार्टीको नीति हुँदा हुँदै पनि सरकारी शैक्षिक संस्थालाई बलियो नबनाई र आम मानिसमा आकर्षण पैदा नगराई  निजी शिक्षाको पूर्ण विकल्प तयार हुन नसक्ने उनले धारणा राखेको अखिल (क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए।

उपाध्यक्ष भुसालले उपत्यकाका सरकारी र सामुदायिक विद्यालयलाई निजी सरह गुणस्तरीय बनाउन के के गर्यो भन्ने संभव छ ,त्यो योजना बनाएरै अघि बढ्न विद्यार्थी नेताहरुलाई निर्देशन दिएको मैनालीले जानकारी दिए।

माओवादीको ३ महिने अभियानको समीक्षा गरिएको बैठकमा पहिलो चरणमा उपत्यकाका सबै सरकारी शिक्षण संस्थालाई निजी सरह प्रतिस्पर्धी हुने गरि बनाउन कार्य योजना बनाएरै अघि बढ्न नेतृ भुसालले निर्देशन दिएकी थिइन।

अखिल(क्रान्तिकारी)ले  विवाद समाधान गरेर संगठन एक भएको घोषणा गरेपछिको पहिलो ओैपचारिक बैठकले सङ्गठनमा जिम्मेवारी , बढुवा लगायत विविध बिषयमा एकमत निर्णय  गरेको मैनालीले जानकारी दिए।बैठकमा इन्चार्ज हिमाल शर्माले चाडबाडको समयमा समेत फरक शैलीमा अभियान जारी राख्न   क्रान्तिकारीका नेता टोलीलाई निर्देशन गरेको  मैनालीले जानकारी दिए।

प्रकाशित: १९ आश्विन २०८० १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App