खाद्यान्नमा विषादीः आयतन र प्रभाव
संसारमा क्यान्सरका रोगीको संख्या दिनानुदिन बढ्दो छ। उक्त क्रम नेपालमा पनि देखियो। ३–४ दशकसम्म यदाकदा देखिने अर्वुद रोगको आयतन उकासिएको पाइयो। तर क्यान्सरको वितरण सहर तथा दुर्गम भेगमा समान देखिएन। स्तन र प्रोस्टेट क्यान्सरलाई अपवाद मान्ने हो भने सबै प्रकारका अर्वुद रोगको प्रकोप सहरका बासिन्दामा अत्यधिक देखियो।