१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

खाद्यान्नको गुणस्तर परीक्षण गरिने

नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने योजना बनाएको छ। खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाले जानकारी दिए।

विप्लव माओवादीले हुम्ला र मुगुको खाद्यान्न रोके

हुम्ला र मुगुका लागि पठाइएको खाद्यान्नमा बढी कर लगाइएको भन्दै विप्लव माओवादीले खाद्यान्न सामाग्री बीच बाटोमै कब्जा गरेका छन्।

असुरक्षित खाद्यान्न

विश्वविद्यालय क्याम्पसको क्यान्टिनमा टेबल सफा गर्न फेनोल भन्ने घातक रसायन प्रयोग हुने जानकारी हालै एक प्राध्यापकले यस पंङ्तिकारलाइ दिएका छन् । देशको सबैभन्दा उच्च प्राज्ञिक थलोमा समेत यसरी खुलमखुला भोजनालयमा विषादीको प्रयोग हुन्छ भने अन्यत्रको के कुरा गर्नु ? बजारभरि देखिने रंगीचंगी मिठाइमा मानव स्वास्थ्यका लागि हानिकारक अखाद्य रसायन (डाइ)को अत्याधिक प्रयोग गरिएको जगजाहेरै छ । यस्ता अखाद्य रसायन क्यान्सरलगायत विभिन्न रोगको कारक बनिरहे पनि सरकारी निकायले यसमाथि कडा नियन्त्रण गर्न सकेको छैन ।

सोमालियालीलाई खाद्यान्नको खाँचो

सोमालियाली नागरिकलाई यहाँको आन्तरिक द्वन्द्व र खडेरीका कारण खाद्यान्नको खाँचो पर्ने भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।  सोमालियामा आगामी वर्ष सन् २०१८ मा ३० लाखभन्दा बढी नागरिकलाई मानवीय जीवन रक्षाकै लागि खाद्यान्न र अन्य अति जरुरी उपभोग्य बस्तुको खाँचो हुने राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ।

रसुवाका भूकम्पपीडितलार्इ खाद्यान्न वितरण

रसुवाको हाकुबेसीमा निर्माणाधिन माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाले रसुवाका भूकम्प पीडितका लागि खाद्यान्न सामग्री वितरण गरेको छ।

खाद्यान्नको भाउ आकाशियो

श्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण पूर्वी सीमावर्ती बजारहरूमा खाद्यान्नको भाउ आकाशिएको छ । ७३ दिनयताको आमहड्तालका कारण भारतीय उपभोक्ताले सीमावर्ती बजारसम्म आएर खाद्यान्न ओसार्न थालेपछि मूल्य ह्वात्तै बढेको हो।

इरानले कतारलाई खाद्यान्न पठायो

इरानले कतारलाई खाद्यान्न सहितको पाँच विमान पठाएको छ । साउदी अरेबिया नेतृत्वका अन्य ६ मुलुकहरुले गत सोमबार कतार माथि गरेको कुटनीतिक सम्बन्ध विच्छेदले कतारी बजारमा खाद्यान्नको आपूर्ति हुन सक्ने न्यूनतालाई कम गर्नका लागि इरानले कतारलाई फलफुल, तरकारी, खाद्यान्न लगायतका सामाग्री सहितको ५ विमान कतार पठाएको हो ।

दुर्गममा डेढ लाख क्विन्टल खाद्यान्न पठाइयो

खाद्यान्न अपुग भएका दुर्गमका जनतालाई राहत दिन सरकारले करिब डेढ लाख मेटि्रक टन खाद्यान्न पठाएको छ। खाद्य असुरक्षाको जोखिम झेलिरहेका २३ जिल्लामा नेपाल खाद्य संस्थानले चामल पठाएको हो।

केन्यामा खडेरी, खाद्यान्न उपलब्ध गराउन राष्ट्रसंघको अपिल

खडेरीग्रस्त केन्यामा खाद्य सामग्री तथा खानेपानीको समस्या समाधानको लागि विश्व समुदायलाई संयुक्त राष्ट्रसंघको मानवीय तथा सङकटकालिन विभागले अपिल गरेको छ।

अनुदानको खाद्यान्न बाटैमा बिक्री

नेपाल खाद्य संस्थानको सदरमुकाममा रहेको वितरण केन्द्रबाट जिल्लाको पूर्वी क्षेत्र करानका पाँच गाविसमा पठाईएको खाद्यन्न ठेकेदारले संस्थानको मुल्य भन्दा बढी मुल्य असुलेर बाटोमा नै बिक्री गरेको पाईएको छ।

दक्षिण सुडानमा द्वन्द्वपीडित पचास हजारलाई खाद्यान्न सहयोग

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानको चार महिना लामो हिंसामा फसेका येइ सहर र वरपरका क्षेत्रका करिब ५० हजार द्वन्द्व प्रभावित नागरिकलाई खाद्यान्न सहयोग गरेको छ।

मुगुमा यस वर्ष पनि खाद्यान्न अभाव हुने

पछिल्ला केही वर्ष प्राकृतिक विपत्तिका कारण अन्नबालीमा क्षति पुग्दा मुगुमा खाद्यान्न अभाव हुँदै आएको छ । दुई वर्षअघि किसानले लगाएको बर्खेबाली पाकेर भिœयाउन लागेका बेला कात्तिकको पहिलो साता परेको असिनापानीले नष्ट गर्दा जिल्लाभरि खाद्यान्न अभाव भएको थियो ।

फाइदाको लोभमा चामलको सट्टा मदिरा भित्र्याउँदै व्यापारी, खाद्यान्न अभाव

काँडालगायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ । सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् ।

खर्बकाे खाद्यान्न अाउने नेपालमा विउविजन नै सवा अर्बकाे अायात

करिब रु एक खर्बको खाद्यान्न आयात हुने देशमा यस वर्ष रु एक अर्ब २५ करोडको बीउबिजन आयात भएको छ।

दसैँको मुखमा पूर्वी पहाडी जिल्लामा खाद्यान्न अभाव

नेपालीहरुको महान् पर्व दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्