२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खाँन नियुक्त

लुम्बिनी प्रदेशमा प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा सांसद फकरुद्धिन खाँनलाई नियुक्त गरेको छ।

बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश प्रहरी

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ। स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ।

राजधानीले बढायो संक्रमण, सचेत नभए स्थिति भयावह हुने चेतावनी

लुम्बिनी प्रदेशका कानुनमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीलाई गत शुक्रबार कोरोना पुष्टि भएपछि आइसोलेसनमा छन्। सासंद दधिराम न्यौपानेलाई पनि शनिबार कोरोना देखिएपछि आइसोलेसनमा बसेका छन्।

भालुबाङको भाग्य चम्कियाे

लामो समयदेखिको अथक प्रयासका बाबजुत लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै ‘अभागी’ महशुस गरायो। तर, त्यहीँ ‘अभागी’ अस्थायी भालुबाङ मंगलबार भाग्यमानी सावित भयो।

दुई तिहाइले टुंगीयो नाम र राजधानी

प्रदेश स्थापनाको झण्डै ३१ महिनापछि मंगलबार प्रदेश ५ ले नाम र स्थायी राजधानी पाएको छ।

राजधानी धान्न देउखुरीमा पूर्वाधार के छ ?

राप्ती गाउँपालिकाको भालुवाङ बजार केन्द्र रहेको प्रदेश ५ को स्थायी राजधानी घोषणापछि जिल्लामा उत्साह छाएको छ।

कांग्रेसका ५ सांसदले पार्टी ह्विप मानेनन्

राजधानी सम्बन्धी प्रस्तावमा भएको मतदानमा नेपाली कांग्रेसका ५ जना सांसदले पार्टी ह्विप विपरित सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गरे।

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्तावमा ७९ मत, विपक्षमा ४

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइले पारित भएको छ। सरकारले गत शुक्रबार सदनमा पेश गरेको नामाकरण सम्बन्धी प्रस्ताव दुई तिहाइले पारित भएको हो।

तीनदिनभित्र नाम र राजधानीको टुंग्याउने तयारी

गत शुक्रबार सरकारका तर्फबाट कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको ‘नाम लुम्बिनी र राजधानी दाङको देउखुरी’ राख्ने प्रस्ताव प्रदेशसभामा पेस गरेका थिए।

नाम लुम्बिनी, दाङ राजधानी

मन्त्रिपरिषद्को निर्णय गुपचुप राखेर प्रदेशसभामा एक्कासि नाम र राजधानीसम्बन्धी प्रस्ताव पेस भएपछि कांग्रेसले आपत्ति जनाएको छ । दिउँसो १ बजे प्रेदशसभा बैठक सुरु हुनुअघि प्रदेशसभा भवनसहित बुटवल नगरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सबैलाई ‘पायक’

प्रदेश ५ सरकारले प्रदेशसभामा पेस गरेको प्रस्ताव पारित भएमा प्रदेश ५ का सबै जिल्लालाई पायक पर्ने ठाउँमा स्थायी राजधानी बन्नेछ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले यही भदौ २८ गतेबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ ।

‘लुम्बिनीको बिहारहरूलाई व्यवस्थित र मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने’

लुम्बिनी क्षेत्र भित्र निर्माण भएका र निर्माणाधीन अवस्थमा रहेका बिहारहरूलाई व्यवस्थित र निश्चित मापदण्ड अनुसार सञ्चालन गर्नु पर्ने लुम्बिनी गुरुयोजना क्षेत्रका प्लटहरूको अध्ययन प्रतिबेदनले निष्कर्श निकालेको छ ।

लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव

समुदायस्तरबाट नेपालमै एक मात्र व्यवस्थापन शंकाय सञ्चालन गर्दै आएको बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने प्रस्ताव अघि सारिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्