६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्तावमा ७९ मत, विपक्षमा ४

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइले पारित भएको छ। सरकारले  गत शुक्रबार सदनमा पेश गरेको नामाकरण सम्बन्धी प्रस्ताव दुई तिहाइले पारित भएको हो। प्रस्ताव उपर भएको मतदानमा कुल ८३ मत खसेको थियो। लुम्बिनी नामाकरण गर्ने प्रस्तावका पक्षमा ७९ मत खस्दा त्यसको विपक्षमा ४ मत खस्यो।  

जनता समाजवादी दलका नेता कपिलबस्तुका सहसराम यादव,बाँकेका बिजय यादव,बर्दियाका सुमन शर्मा रायमाझी बर्दिया र पाल्पाकी फुलमती ढेगामगरले नामको विपक्षीमा मत दिए। जनता समाजवादीका सहसराम यादवले नाम सम्बन्धी संशोधन प्रस्ताव पनि दर्ता गराएका थिए।

 

प्रकाशित: २० आश्विन २०७७ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App