‘कुरा बुझ्नुपर्च’मा बुझ्न बाँकी कुरा
पुरुषले महिलालाई मात्रै होइन, महिलाले पुरुषलाई पनि छाड्न सक्छन्। सम्बन्ध विच्छेद वा छाड्ने कुरा र कुमारित्वको प्रसंग बेग्लै हो, यसमा बहस हुनु जरुरी छ।
पुरुषले महिलालाई मात्रै होइन, महिलाले पुरुषलाई पनि छाड्न सक्छन्। सम्बन्ध विच्छेद वा छाड्ने कुरा र कुमारित्वको प्रसंग बेग्लै हो, यसमा बहस हुनु जरुरी छ।
बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण तथा जोखिमको दर उच्च भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत तरिकाले सांकेतिक रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेका थिए।
यसै प्रक्रियालाई नै यस क्षेत्रमा ओल्के पर्व भनिन्छ। जुन यस क्षेत्रको आफ्नै मौलिक पर्व हो। विपद्कालमा बाँचेको खुसियाली साट्न यो पर्व मनाउने जानकारहरूको कथन छ। मंगलबार यसैगरी ‘ओल्के’ पर्व रमझमका साथ मनाइएको छ।
नगरपालिकाले आफ्ना सबै वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधि र जनप्रतिनिधिसहितको भेला राखेर गाईजात्रा पर्वको दिन ताहा मचाँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको छ।
उपत्यकाका टोलटोलका दोबाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँडी, नाङ्लोलगायतले बनाएको राक्षसरूपी गथांमुगको साँझ दाहसंस्कार गरी पर्व मनाउने चलन छ। यसक्रममा यहाँका टोलटोलमा सयौं गथांमुगको दाहसंस्कार गरिन्छ।
यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ।यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ।
सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
नगरपालिका-१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो। वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ।
पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ।
सरकारको अत्यासलाग्दो निष्क्रियताका कारण प्रदेश २ मा पनि कोरोना संक्रमित सर्वसाधारण छटपटाएर ज्यान गुमाउँदै छन्। प्रदेशका स्वास्थ्य केन्द्र चुस्त र दुरुस्त पार्ने जिम्मेवारीमा रहेका सामाजिक विकासमन्त्री भने लाचारी प्रदर्शन गर्दै कमजोरी ढाकछोपमा व्यस्त देखिन्छन्।
मधेसका जिल्लाहरुमा बिहीबार जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन(जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आशिर्वाद दिने चलन छ ।
अहिले फेसबुक, ट्वीटर, भाइवर र एसएमएसमार्फत् नयाँ वर्षको शुभकामनाका शब्दहरू लेखेर एकअर्कामा साटासाट गर्दै आएका छन् नयाँ पिढीँ। सामाजिक सञ्जाल हिजोआज रंगिएको छ नयाँ वर्षको शुभकानाका पोष्टर, तस्बिर तथा शुभकामनाका शब्दहरुले। तर, सुदूरपश्चिममा भने नयाँ वर्षको शुभकामना दिने प्रचलन बेग्लै छ।
नयाँ वर्षको दिन सुदूरपश्चिम क्षेत्रमा आफूभन्दा ठूलाबडालाई सिस्नुपानीले छ्याप्ने चलन छ। यो चलन विशु पर्व अर्थात् वैशाख १ गतेको दिन मनाइन्छ। सिस्नुले हानेपछि शरीरमा रहेको विष (रोग) हराउँछ भन्ने मान्यता छ। सिस्नुपानीले हान्दा वा छ्याप्दा रोग नलाग्ने वा शरीरमा रहेको विष नास हुने किंवदन्ती रहेको वरिष्ठ देउडा गायक नन्द कृष्ण जोशीले बताए।
कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ। थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको छ।