coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनारहित होली पर्वका लागि काठमाडौं ट्राफिकको कडाइ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको छ।

दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको हो। महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढी स्थानहरुमा चेक प्वाइन्टहरु राखेर बिहान ६ बजेदेखि नैकडा चेकजाँचको व्यवस्था मिलाएको छ।

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले होली पर्वलाई लक्षित गर्दै उपत्यकाभरि चेकप्वाइन्ट राखिएको छ, बिशेषगरि होली मनाउन उच्छ्रिङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्रगति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि बाइक हुईक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता गतिबिधिमा संलग्न चालकहरु उपर निगरानी बढाई कडाइका साथ कारबाही गरिएको बताए।

उनले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर हाम्रो चेकिङ्लाई कडा बनाइएको हो, आज दिनभरि छिटफुट दुर्घटना भएको बताए।

महाशाखाले बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने ५४ जनालाई कारबाही गरेको छ। बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने १६०९ सवारी चालकहरुलाई कारबाही गरि छाडेको रहोहल्ला गरि सवारी चलाउने, जबरजस्ती रंङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पांग्रे र ४ सय ६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ।

उपत्यकाका तीन जिल्लामा आज दिन भरिमा २१ वटा सामान्य किसिमका दुर्घटनाहरु भएको महाशाखाले जनाएको छ। एयरपोर्टमा मोटरसाईकलको ठक्करबाट घाइते भएकी पैदलयात्री सितला सिंहको के.एम.सि.र बुढानिलकण्ठमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा घाइते चालकको ह्याम्स अस्पतालमा उपचार भैरहेको छ।

दुर्घटनारहित होली बनाउने बिशेष योजनासहितको चेकजाँचको क्रममा मोडिफाइ गरेको मोटरसाइकललाई कारबाही गर्दा पाँचसय रुपैयाँ दिने चाबहिलका मन्दिल श्रेष्ठलाई पक्राउ गरि मालीगाँउ बृत्तमा पठाएको छ भने मादक पदार्थ सेवन गरि होहल्ला गर्ने मोटरसाईकललाई कारबाही गर्न खोज्दा एक हजार रुपैयाँ दिन खोज्ने हरिसिद्धिका भक्तराज महर्जनलाई कारबाही सातदोबाटो बृत्तमा पठाएको महाशाखाले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०७७ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App