१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

रंगहरुको पर्व होली मनाइँदै (फोटो फिचर)

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।

कोरोना त्रास बढ्दो, होलीको तयारीमा सर्वसाधारण

कोरोनाको त्रासले सतर्कता बढाए पनि होलीको तयारी भने सर्वसाधारणले गर्न थालेका छन्। फागुन महिनाको पूर्णिमाको दिन होलिका दहन गरी भोलिपल्ट होली मनाइने चलन तराई मधेसमा छ। होलीका लागि रङ, अबिर तथा कुर्ता र गन्जी सर्वसाधारणले किन्न थालेका छन्।

कोरोनाको त्रासबीच होलीको तयारी गर्दै सर्वसाधारण

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण व्यापक बढिरहँदा रौतहटसँगै तराई मधेसमा पनि संक्रमणको त्रास बढेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरी भौतिक दूरी अपनाएर मास्क र सेनिटाइजरको उपयोग बढाउनुपर्ने भनेपछि जिल्लामा पनि कोरोनाको सकर्तकता बढेको छ। कोरोनाको त्रासले सतर्कता बढाएसँगै होलीको तयारी सर्वसाधारण गर्न थालेका छन्।

अन्नपूर्ण प्रथम आरोहणमा विदेशीको ध्यान

कोरोना भाइरस संक्रमणले थलिएको पर्वतारोहण क्षेत्रमा सुधारका संकेत देखिन थालेका छन् । नेपालका विभिन्न चुचुराको आरोहणका लागि विदेशी आरोहीको टोली आउन थालेको व्यवसायीले बताएका छन् ।

पर्वतारोहण क्षेत्रका श्रमिकका लागि मानसिक स्वास्थ्य तालिम

गैरआवासीय नेपाली सङ्घअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालिममा पर्वतारोहण सङ्घ सम्बद्ध ३९ जनाले सहभागिता जनाएका छन्।

वसन्तपुरमा चीर ठड्याएर सुरु भयो होली पर्व (फोटोफिचर)

काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएको छ।

पर्वतारोहणमा सुधारको संकेत

कोरोना महामारीका कारण सन् २०२० मा ठूलो क्षति बेहोरेको हिमाली पर्यटन क्षेत्रमा यस वर्ष भने केही सुखद संकेत दखिन थालेको छ। गत वर्ष आरोहण क्षेत्रले नसोचेको क्षति भोगे पनि यो वर्षको जारी सिजनमा नेपाल आउन चाहने विदेशी आरोहीको संख्याले आरोहण चलायमान हुन सक्ने संकेत देखिएको छ।

पशुपतिनाथमा महाशिवरात्री पर्व मनाउँदै भक्तजन (फोटो फिचर)

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।

चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन्ः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रीका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्री” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन्।

कोरोनाले रोकिएका मेलापर्व मनाउन थालियो

कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएका मेला, पर्व, खेलकुद तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुन थालेका छन्। कोरोनाको त्रास कम हुँदै गएपछि पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका ठाउँमा मेता–पर्वहरू सुरु भएका हुन्।

फलेवासका विपन्न मजदुरलाई पेन्सन

यस पेन्सन योजनाको बैंकिङ साझेदार एनआइसी एसिया बैंक बनेको छ। नगरपालिकाको यस कार्यक्रमलाई एनआइसी एसियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

ल्होसारले सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्छः सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

माघी पर्वको तीन दिन सार्वजनिक बिदा

थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए।

पर्वतको बिहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माणको काम सुरु

पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ। गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम २० लाख रुपैयाँको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्