६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोरोनाले रोकिएका मेलापर्व मनाउन थालियो

कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएका मेला, पर्व, खेलकुद तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुन थालेका छन्। कोरोनाको त्रास कम हुँदै गएपछि पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका ठाउँमा मेता–पर्वहरू सुरु भएका हुन्। 

लामो समय कोरोनाका कारण बन्द भएका मेला, उत्सवमा स्थानीयको बाक्लो सहभागिता हुने गरेको छ। यसले गर्दा आर्थिक चहलपहल पनि बढेको बुद्धिजीविनको भनाइ छ। यी क्षेत्रमा नयाँ वर्ष, दसैतिहार, कक्फेवा तंनाम, ल्होसार, प्रजातन्त्र दिवसलगायका अवसरमा मेला, महोत्सव तथा खेलकुद कार्यक्रम हुने गरेका छन्। राष्ट्रियस्तरका कलाकार ल्याएर साँस्कृति कार्यक्रम सञ्चालन हुन थालेकका छन्। विभिन्न ठाउँमा लामो समयदेखि आफ्नै विशेषता र पहिचार बोकेका मेला–पर्वहरू यस क्षेत्रमा रहेका छन्।

‘कोरोनाका कारण खेलकुद, मेला, महोत्सव हुन सकेका थिएनन्। कोरोनाको त्रास कम भएसँगै यस्ता गतिविधि विस्तारै सञ्चालन हुन थालेका छन्,’ आठराई गाँउपालीका–२ का वडाध्यक्ष दिलकुमार पाइमले भने, ‘हामीले पनि अहिले महिला तथा पुरुष फुटबल प्रतियोगिता तथा मेलाको आयोजना गरेका हौं। बर्सेनि लाग्ने यस्ता मेला धेरै छन्।’ कोरोना पछि मेला, उत्सव गर्न दिन थालेपछि पूर्वी पहाडमा साँस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि बढ्दै गएका हुन्। सहरी क्षेत्रभन्दा बढी ग्रामिण क्षेत्रमा यस्ता गतिविधि हुने गरेका छन्।

प्रकाशित: २० फाल्गुन २०७७ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App