४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

धरानका राईलाई पर्वतीय दौडको उपाधि

पोखरामा मंगलबार आयोजित पर्वतीय दौडको उपाधि धरानका धावक मोहनकुमार राईले जितेका छन् । श्रीपञ्चमीको अवसरमा दुर्गायुवा क्लब अर्मलाकोटले आयोजना गरेको छैठौं संस्करणको पर्वतीय दौडमा धरानका राईले  ५३ मिनेट ४३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हनु् ।  

पोखराको केआईसिंह पुलबाट शुरु भएको दौड अर्मलाकोटमा पुगेर टुंगिएको थियो । १२ किलोमिटरको दौडलाई ५५ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै पोखराका शरद बराल दोस्रो स्थानमा रहे । त्यसैगरी पोखरा भलामका धावक दिलकुमार बुढामगरले ५६ मिनेट ३९ सेकेण्डमा पुरा गरेर तेस्रो स्थानमा चित्त बुझाए । निशान बुढामगरले ५६ मिनेट ५२ सेकेण्डमा पुरा गर्दै सान्त्वना पुरस्कार थापे ।  

पुरुष तर्फको विजेताले १५ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो हुनेले १० र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार थापे । पुरुष तर्फ ७१ जना घावकहरु दौडिएको दौड संयोजक जुमप्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार महिला तर्फ स्याङजाकी रितु गुरुङ प्रथम भईन् । उनले १ घण्टा ३० मिनेटमा दौड पुरा गरेकी थिईन् । पोखराका ललिता लामिछाने दोस्रो हुने क्रममा १ घण्टा ४१ मिनेट १० सेकेण्डमा पुरा गरिन् । पोखराकै कोमली खड्काले १ घण्टा ५० मिनेट १५ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा रहिन् । उनीहरुले नगद ५, ३ र २ हजार रुपैयाँ प्राप्त गरे ।  

त्यसैगरी पोखरा–१६ वडाभित्रै धावकहरु बीचको प्रतिस्पर्धामा राजन विक प्रथम भए । उनले दुरीलाई १ घण्टा ६ मिनेट २६ सेकेण्डमा पुरा गरे । त्यस्तै राजकुमार क्षत्री दोस्रो भए । उनले दुरीलाई १ घण्टा १० मिनेट ५ सेकेण्डमा पुरा गरेका थिए । तेस्रो स्थानमा अमृत परियार आए । उनले १ घण्टा ११ मिनेट ८ सेकेण्डमा पुरा गरेका थिए । उनीहरुले  पुरस्कार स्वरुप नगद ८, ५ र ३ हजार रुपैयाँ प्राप्त गरे । 

प्रकाशित: ४ फाल्गुन २०७७ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App