४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गण्डकीको हवाई सञ्जाल चारवटा प्रदेशसँग

गण्डकी प्रदेशलाई सुदूरपश्चिमको धनगढीसम्म हवाईमार्गले जोड्ने गरि पोखरादेखि सिधा हवाई उडान सुरु भएको छ। पोखरा अब चारवटा प्रदेशसँग हवाई सञ्जालले जोडिएको छ। बुद्ध एयरले बुधबारदेखि पोखरा–धनगढी सिधा उडान सुरु गरेको हो।

पोखरा–मुग्लिन राजमार्गमा धमाधम काम (फोटोफिचर)

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन (९०किमि) मध्ये पोखरा–आँबुखैरेनी (८२ किलोमिटर) सडक खण्डमा अहिले धमाधम बिस्तार सुरु भएको छ। तनहुँ खण्डमा अहिले तिब्र रुपमा राजमार्ग बिस्तारको काम भईरहेको छ।

पोखरामा आन्तरिक पाहुनालाई ३० प्रतिशत छुट

कोभिडले थला परेको पर्यटनलाई नयाँ आयाम थप्ने उद्देश्यसहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्न होटल संघ यतिबेला ‘जाउँ है पोखरा’ अभियानमा छ। विभिन्न शहर बजार पुगेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने धुनमा संघ जुटेको छ। नयाँ वर्षमा आउने आन्तरिक पर्यटकलाई होटलमा छुट दिई आन्तरिक पर्यटन मार्फत थला परेको पर्यटन क्षेत्रलाई उकास्ने योजना व्यवसायीले बनाएका छन्।

पोखरा बहुमुखी क्याम्पसलाई एनएमबी बैंकको ३५ लाख सहयोग

एनएमबी बैंकले पोखरा बहुुमुखी क्याम्पसको भवन निर्माणका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। क्याम्पसले शैक्षिक गुणस्तर सुधारका लागि अहिले आवश्यक भौतिक पूर्वाधार बनाईरहेको छ।

चराको हुलले ४५ मिनेटसम्म जहाज धावनमार्गमै रोकियो

चराका कारण हवाई उडान कतिसम्म प्रभावित हुन्छ भन्ने बुधबार पोखरा विमानस्थलको घटनाले देखाएको छ। पोखरा विमानस्थलको धावनमार्गमा आएका चराको हुलको अवरोधका कारण उड्ने अन्तिम तयारीमा रहेको जहाज झन्डै ४५ मिनेट विमानस्थलमै रोकिएको छ। केहीगरि थप तीनमिनेट उडान रोकिएको भए जहाजको बासै पोखरामा हुन्थ्यो।

पोखरा महानगरको खेलकुदमा लगानीः ५ वर्षमा पाँचकरोड पनि पुगेन

पोखरा महानगरपालिकाले आफनै खेलकुद निर्माण गर्न शुरु गरेपनि सफल भने हुन सकेन। चरणबद्ध योजनासहितको बजेट विनियोजन गरेपनि ती पूर्वाधार बनाउन महानगर असफल देखिएको सम्बन्धीत वडाध्यक्ष स्वीकार्छन्।

आन्तरिक पर्यटक लक्षित ‘जाउँ है पोखरा’ अभियान सुरु

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यसहित ‘जाउँ है पोखरा’ अभियान सुरु गरिएको छ। आन्तरिक पर्यटक लक्षित यो प्रवद्र्धनात्मक अभियान पश्चिमाञ्चल होटल संघले सुरु गरेको हो। भाइरस संक्रमण कमजोर भएर हिडडुल सहज भएको मौका पारेर अभियान चलाएको संघले बताएको छ।

भारी असिनाले अत्तालिएको पोखरा

पोखरामा आइतबार मध्यान्ह एकाएक भीषण असिनापानी पर्‍यो। असिनाले सहर अस्तव्यस्त बनायो। सडकमा हिडडुल रोकियो। मुख्य बजार महेन्द्रपुल, नदीपुर, चिप्लेढुंगा, गैहपाटन, फूलबारी लगायतका क्षेत्रमा असिनाको थुप्रो लाग्यो। हिमाली भेगमा हिमपात भए झैं पोखराका केही क्षेत्र एकाएक सेताम्य बने।

प्री–मनसुन सुरु नहुँदै पोखरामा भीषण असिना

आइतबार बिहान पोखराको मौसम सामान्य थियो, तर, मध्यान्ह हुदै गर्दा बिग्रन थालेको मौसम दिउँसो साढे एकबजेपछि एकाएक बदलियो। त्यसपछि परेको भीषण असिनाले पोखरालाई सेताम्य बनायो। हिमाली भेगमा हिमपात भए झैं पोखराको ठाउँठाउँमा असिनाको थुप्रो लाग्यो। पानी भन्दा पनि अधिक असिना परेपछि उपत्यकाको यातायात नै प्रभावित बन्यो।

पोखरामा भीषण असिनापानी (फोटोफिचर)

पोखरामा भीषण असिनापानी परेको छ । दिउँसो साढे एकबजेपछि यहाँ भीषण असिनापानी परेको हो । असिनापानीले पोखरा र आसपासका क्षेत्रमा रोपिएको बालिनाली नोक्सान पुु¥याएको छ ।

अन्तर्राष्ट्रिय म्याराथनमा अफ्रिकन धावकको एकलौटी

भुतपूर्व खेलाडी मञ्चले पोखरा म्याराथन आयोजना गर्न लागेको डेढ दशकपछि अन्तर्राष्ट्रिय धावकको सहभागिता हुन शुरु भएको थियो। दुईवर्ष अघि आयोजित १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासी च्याम्पियन बनेपछि पोखरा म्याराथनको उपाधि समुद्रपारी पुग्यो। त्यसको दुईवर्षपछि पोखरा म्याराथनको उपाधि फेरी विदेशिको पोल्टामा पुगेको छ।

पोखरा–मुग्लिनः बैकल्पिक सडकलाई पुरै वेवास्ता

सामान्य अवस्थामा पोखरा–मुग्लिन तीनघण्टामा पार गर्न सकिने भएपनि बिस्तार सुरु भएपछि यो खण्डको यात्रामा ढिलाई हुन थालिसकेको छ। पृथ्वी राजमार्गको दमौली–मुग्लिन खण्डको विकल्पमा सहीद बुद्धसिंह मार्ग छ। तर, यो मार्ग बिस्तार र सुधार्नमा कहिल्यै चाँसो दिइएन। त्यसको परिणाम सडक बिस्तारको क्रममा दमौली–मुग्लिन खण्डमा यात्रा गर्दा यात्रुले झन्झट खेप्नुपर्नेछ।

केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन्। महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले रक्षा गर्न सफल भईन्।

आगामि शनिबार ‘पोखरा म्याराथन’

१६ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’मा आगामी शनिबार धावकहरु दौडिने अन्तिम तयारीमा छन्। पाँचदेशका १२ धावकसहित १६५ जना धावकले म्याराथन एरिनामा उत्रिदैं छन्। अधिकांश धावक स्वदेशी छन्। विभागीय क्लब मध्ये त्रिभुवन आर्मी क्लबका म्याराथन धावकहरुको सहभागिता भने छैन्।

जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्