पोखरामा भीषण असिनापानी परेको छ । दिउँसो साढे एकबजेपछि यहाँ भीषण असिनापानी परेको हो । असिनापानीले पोखरा र आसपासका क्षेत्रमा रोपिएको बालिनाली नोक्सान पुु¥याएको छ ।
बिहानपख घाम लागेको भएपछि मध्यान्हपछि एकाएक मौसम बदलिएर असिना पानी पर्न थालेको थियो । पर्यटकीय क्षेत्र लेकसाइड सहित महेन्द्रपुल, चिप्लेढुंगा, रत्नचोक लगायतका क्षेत्रमा भीषण असिना परेको थियो । असिनापानीले गर्दा दिउँसोको आउजाउ पनि प्रभावित भएको थियो ।
प्रकाशित: ८ फाल्गुन २०७८ ०८:४७ आइतबार