५ आश्विन २०८१ शनिबार
image/svg+xml

नक्कली भुटानी शरणार्थी मुद्दामा धरौटी बुझाएकाहरू सम्पत्ति शुद्धिकरण र अख्तियारको फन्दामा

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर थुनामुक्त भएका चार जनालाई सम्पत्ति शुद्धिकरण विभाग पठाइएको छ।

नक्कली भुटानी शरणार्थी मुद्दामा केसी, मियाँ र महर्जनले धरौटी बुझाएर छुटे

विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार थुनामा रहेका ३ जना थुनामुक्त भएका छन्।

जेलमा रहेका खाणलाई कांग्रेसको सम्मान

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा थुनामा रहेका छन् ।

खाणको विषयमा न्यायाधीशद्वय पाण्डे र खरेलको मत कहाँ बाझियो ?

न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा थुनामुक्त गर्दा मूलतः चार वटा कारणलाई आधार बनाएका छन् । जसमा पहिलो–खाणविरुद्ध पीडितहरूको किटानी जाहेरी नदेखिनु, दोस्राे–स्वयम् खाणले अनुसन्धान अधिकारीसमक्ष इन्कारी बयान दिनु, तेस्रो–सहप्रतिवादीले पोल नगर्नु र चौथो–प्राप्त प्रमाणबाट थुनामा राख्नुपर्ने आधार नदेखिनु भनेर उल्लेख छ।

शरणार्थी प्रकरण: छोरा सन्दीप धरौटीमा छुट्दा बुबा टोपबहादुर किन छुटेनन् ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी छोरा सन्दीप धरौटीमा छुट्दा पनि छुट्न सकेनन्।

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीसहित ९ जना थुनामै खाणको हकमा राय बाझियो

सार्वजनिक चासोको नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले शुक्रबार नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। त्यस्तै ६ जनालाई धरौटीमा र ४ जनालाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: ७ जनासँग धरौटी माग, ३ जना साधारण तारेखमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले ७ जनालाई धरौटीमा रिहा गर्न र ३ जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ।

रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

यस्तो छ नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले दिएको आदेश (पूर्णपाठ)

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत, पाटनले ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: छुटेनन् बालकृष्ण खाँण, तेस्रो न्यायाधीशकोमा पेश हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको छ।

शरणार्थी नेता रिजाल छुटे,रायमाझी छुटेनन्

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश भएको छ।

पूर्वमन्त्री र सचिव समेत थुनामा रहेको प्रकरणमा आज के आदेश आउला?

जिल्लाको आदेश बदर गर्ने वा थुनामै पठाउने आदेश सदर गर्ने भन्नेबारे उच्च अदालतको निर्णयमा भर पर्नेछ। उच्च अदालतले आज आदेश दिन सक्ने बताइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा बहस सकियो, भोलि के आदेश आउला ?

विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरूको मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा बहस सकिएको छ।

भुटानी शरणार्थी प्रकरण मुद्दा एक सातादेखि सुनुवाइमै

विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको मुद्दाको सुनुवाई उच्च अदालत पाटनमा आज पनि हेर्दाहेर्दैमा रहेको छ।

भुटानी शरणार्थी प्रकरणः आजको बहस पूर्व मन्त्री टोपबहादुरका तर्फबाट

पूर्व गृहमन्त्री खाँणको तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरूले बहस गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्