२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नक्कली भुटानी शरणार्थी प्रकरण: ७ जनासँग धरौटी माग, ३ जना साधारण तारेखमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले ७ जनालाई धरौटीमा रिहा गर्न र ३ जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले ७ जनालाई धरौटीमा रिहा गर्न र ३ जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो।

अदालतले हरिभक्त महर्जनलाई १५ लाख, शमशेर मियाँसँग, १० र आशिष बुढाथोकीसँग ३० लाख धरौटी माग गरिएको छ। त्यस्तै टेकनाथ रिजालसँग १५ लाख, रामशरण केसीसँग १५ लाख र नरेन्द्र केसी १० लाख धरौटी माग गरेको छ। यसैगरी सन्दीप रायमाझीसँग ३० लाख धरौटी माग भएको छ।

त्यस्तै लक्ष्मी महर्जन, टंक कुमार गुरुङ र केशव तुलाधरलाई  साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको छ।

प्रकाशित: १५ मंसिर २०८० ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App