२१ आश्विन २०८१ सोमबार
image/svg+xml

देशलाई अब भिजन र मिसनमा लिएर जाने छौं: अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई अब भिजन र मिसनमा लिएर जाने बताएका छन्।

देश चलाउन जनताले माओवादीलाई नै रोजेका छन्ः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन्।

नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

'हामी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ। राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्', अध्यक्ष दाहालको भनाइ थियो।

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ।

प्रचण्ड भेट्न खुमलटार पुगे गृहमन्त्री र कानुनमन्त्री

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला) खुमलटार पुगेका छन्।

दाहालविरुद्ध कांग्रेस असन्तुष्ट पक्षले उम्मेदवारी दिने

सत्ता गठबन्धनबाट चितवन ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन लड्ने लगभग निश्चितजस्तै छ। कांग्रेस केन्द्रीय नेतृत्वले सबै क्षेत्रमा पार्टीका नेतालाई उम्मेदवार नबनाए असन्तुष्ट पक्षले उम्मेदवारी दिने तयारी गरेको छ।

बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छुः अध्यक्ष दाहाल

नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताएका छन्।

चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा

‘कार्यदलले आज साँझसम्म तयार पारेको खाका भोलि बुधबार शीर्ष तहमा बसेर अन्तिम रुप दिन्छौँ’ उनले भने, कार्यदलमा नमिलेका क्षेत्रमा शीर्ष तहमा बसेर मिलाउँछौँ।’ नेपाली काँग्रेसले सुरुमा १ सय सिटमा दाबी गरेको थियो। नेपाली काँग्रेस ८० सिट वरिपरि सहमत हुने सम्भावना रहेको उनले बताए। उनले काँग्रेसले ८० सिट वरिपरि सहमत हुने बताए। ‘हामीले पनि ६० भनेका थियौँ। त्यसबाट केही तलमाथि होला तर त्यसैको वरिपरि हुन्छ’ उनले भने।

माओवादी केन्द्रका अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठको नाम गोरखाबाट सिफारिस

आसन्न निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर २ मा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको छ।

भोलिसम्म सिट बाँडफाँटसँगै प्रदेश नेतृत्वको टुंगो लाग्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारसम्म पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुंगो लाग्ने बताएका छन्।

नागरिकतामा राजनीति नगर्न दाहालको सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन्।

माओवादी देउवासँग भिख माग्ने ठाउँमा पुग्योः महासचिव पोख्रेल

‘गठबन्धन अस्थिरताको परिणाम हो,’ उनले भने ‘गठबन्धनको नाटकबाट मुलुकले स्थायीत्व प्राप्त गर्न सक्दैन। बलियो राष्ट्रिय शक्तिले मात्र मुलुकमा राजनीतिक स्थायीत्व दिन सक्छ।’ उनले गठबन्धनबाट माओवादी केन्द्र झन् कमजोर बनेको बताए।

प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेसका ७ जना आकांक्षी

बुधवार (आज) क्षेत्रीय समितिले उम्मेद्वार बन्नका लागि इच्छुकसँग आवेदन माग गरेको थियो। नाम दर्ता गराउनेमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला सहित पुर्व सांसद समेत छन्।

गल्ती गर्नेलाई कारबाही गर्ने आँट गर्‍यौँ भने पार्टी क्रान्तिकारी बन्न सक्छः दाहाल

‘हामीले गल्ती गर्ने र गम्भीर अपराध गर्नेहरुलाई कारबाही गर्ने आँट गर्‍यौँ भने यो पार्टी क्रान्तिकारी बन्न सक्छ नत्र पार्टी क्रान्तिकारी बन्न सक्दैन। यही मुल उद्देश्यकासाथ हामीले छानविन समिति बनाएका थियौँ र त्यसले प्रतिवेदन बुझाएको छ। त्यस समितिले त्यसमा आलोचना गर्ने, चेतावनी दिने, निलम्बन गर्ने, निष्काशन गर्ने र भण्डाफोर गर्ने सम्मका सुझाव दिएको छ।'

बुधबारसम्म गठबन्धनदलहरुबीच सिट संख्या टुंगो लाग्छः अध्यक्ष दाहाल

‘२० गतेभित्र गठबन्धन दलहरुले निर्वाचन क्षेत्रहरु टुंगो लगाउँछन्। गठबन्धनभित्रका समाजवादी, कांग्रेस, लोपस, राजपालगायत दलहरुको क्षेत्र टुंगो लाग्छ’, दाहालले भने। उनले भदौ २५ गतेभित्र सबै दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लड्ने उम्मेदवारहरु नामावली टुंग्याउने पनि बताए। ‘हामी यसरी अभियानमा लागेका छौँ’,

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्