२० आश्विन २०८१ आइतबार
image/svg+xml

गोरखा,तनहुँ र लमजुङको करिडोरलाई मिलाएर कायापलट गर्ने योजना छ: दाहाल

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का अध्यक्ष पुष्पकमल दाहालले गोरखा तनहुँ र लमजुङ करिडोरलाई मिलाएर त्यस क्षेत्रको कायापलट गर्ने बताएका छन्।

गठबन्धन उम्मेदवारका लागि भोट माग्न दाहाल उत्तरी गोरखामा

गठबन्धनबाट गोरखा क्षेत्रनम्बर १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई र प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न उनी हेलिकप्टर मार्फत छेकम्पार,सामागाउँ, सिर्दिबास पुगेका हुन्।

प्रतिगमनको खतरा कमजोर हुँदै छः प्रचण्ड

उनले आगामी निर्वाचन देशलाई पछाडि धकेल्ने वा अगाडि लैजाने भन्ने विषयको जनमतसंग्रह जस्तो रहेको विचार राखे। उनले यो पटक अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्न मतदातालाई अनुरोध गरे।

छिटो आर्थिक क्रान्ति गर्न गोरखा-२ रोजेको हुँ: दाहाल

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन्।

अध्यक्ष ओलीलाई दाहालको प्रश्न: फेरि संविधान मिच्न बहुमत चाहियो?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक क्रान्तिका लागि मङ्सिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताए।

चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल बैतडीमा

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आएका हुन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसकेको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी: दाहाल

मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उहाँले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गरे। 'म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो', अध्यक्ष दाहालले भने, 'यो पार्टी पुनःनिर्माणको अभियान पनि हो।'

माओवादीको संकल्पः बिजुलीको खपत बढाउने, उपत्यकामा बिजुली बस चलाउने

पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गर्ने, वीरगञ्ज–काठमाडौँ, रसुवागढी–काठमाडौँ, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकता दिने, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाउने लक्ष्य राखिएको छ।

आगामी निर्वाचन सामान्य होइनः प्रचण्ड

अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई लगायतका युवा नेतृत्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे।

प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्नेछ: प्रचण्ड

वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनलाई सामान्यरुपमा लिन नहुने बताए।

राजनीतिमा स्थापित दाहाललाई २९ वर्षीय तन्नेरीको चुनौती

चितवन–३ बाट निर्वाचन उठ्ने तयारी गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम समयमा गोरखा–२ रोजेपछि अहिले उक्त निर्वाचन क्षेत्र चर्चामा छ।

प्रचण्डले भने: हामीले धेरै पहिलादेखि हँसिया हतौडा र रुखलाई एक बनाइसकेका हौँ

उनले भने, 'हँसिया हतौडाले रुखमा कसरी भोट हाल्ने? रुखले कसरी हँसिया हतौडामा भोट हाल्ने भनेको सुनेको छु। हामीले धेरै पहिलादेखि हँसिया हतौडा र रुखलाई एक बनाइसकेका हौँ।'

जोशीको निधनले स्तब्ध बनाएको छ: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट स्तब्ध भएको बताएका छन्।

इतिहास निर्माणका लागि प्रचण्ड गोरखाबाट चुनाव लड्न आउनुभएको हो : डा भट्टराई

अध्यक्ष डा भट्टराई गोरखा क्षेत्र नं २ मा आफूले निर्वाचनमा टिकट नपाउने भएर चुनाव नलडेको र प्रचण्डले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्र रहेको बताए।

प्रचण्डले भने: रुख र हँसिया हथौडामा भोट नहाल्नेले संविधान र गणतन्त्र बुझ्नुभएको छैन

गठबन्धन दलले शनिबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा उनले भने ‘माओवादीले रुखमा र काँग्रेसले हँसिया हथौडामा भोट हाल्नुभएन भने तपाईहरुले गणतन्त्र, संधिवान, बिस्तृत शान्ति सम्झौत बुझ्नुभएको छैन भन्ने ठहरिन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्