८ वैशाख २०८१ शनिबार
राजनीति

प्रचण्डले भने: रुख र हँसिया हथौडामा भोट नहाल्नेले संविधान र गणतन्त्र बुझ्नुभएको छैन

गठबन्धन दलले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष दाहाल।

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको उम्मेदवारलाई भोट दिन अपिल गरेका छन्। गठबन्धन दलले शनिबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा उनले भने ‘माओवादीले रुखमा र काँग्रेसले हँसिया हथौडामा भोट हाल्नुभएन भने तपाईहरुले गणतन्त्र, संधिवान, बिस्तृत शान्ति सम्झौत बुझ्नुभएको छैन भन्ने ठहरिन्छ।’  

विस्तृत शान्ति सम्झौता गर्दामा नै आफूले रुखमा र गिरिजाबाबुले हँसिया हथौडामा भोट हालेको प्रसङ्ग जोड्दै उनले गोरखाका काँग्रेस, माओवादीका नेता कार्यकर्तालाई भने ‘अनि तपार्इंहरु बीच चाहिँ शंका उपशंका भयो भने तपाईंले यो उपलब्धी बुझ्नुभएको ठहरिन्छ त?’ आफूले गोरखामा एक दुईवटा त्यस्ता कुरा सुनेदेखेकाले भनेको तर चिन्तित नभएको उनले प्रष्ट पारे।  

एमालेसँगको गठबन्धनबाट आफूले ज्ञान प्राप्त गरेको बताउँदै उनले भने ‘यसअघिको गठबन्धनबाट मैले ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान अब यो गठबन्धनलाई काम लाग्छ, अहिले काम लागिरहेको छ।’ एमालेसँगको गठबन्धन हुनु अघि पनि काँग्रेस सँगको गठबन्धन रहेको प्रशंग जोड्दै उनले थपे ‘कांग्रेस सँगको गठबन्धन हाम्रो नेचुरल गठबन्धन हो।’ अहिलेको गठबन्धन कसरी सिर्जना भएको र युगान्तकारी परिर्वतन कसरी आएको छ भन्ने सम्झिएर गठबन्धनलाई मतदान गर्न उनले गोरखाली नागरिकलाई अपिल गरे।  

गोरखाबाट गठबन्धनलाई रेकर्ड सहित विजयी बनाउँदा राष्ट्रको निम्ती सन्देश र शक्ति हुने उनले बताए। गोरखा आगमन उद्देश्यमूलक भएको बताउँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले भने ‘यो गठबन्धनलाई निर्वाचन प्रक्रियामा सुदृढ गर्न धेरै मेहनत गरेका छौँ।’

गोरखा आफ्नो लागि अपरिचित जिल्ला नभएको उनले बताए। चुमनुब्री बाहेकका सबै ठाउँमा जनयुद्धकालमा आफू बसेको बताउँदै उनले भने ‘गठबन्धनलाई दह«ो बनाउने उद्देश्यका साथ आर्थिक समृद्धीको नयाँ मोडल गोरखाबाट दिन हामीले पहल गर्नुपर्छ र गोरखामा भएको कुरा देशभरी छिट्टै सु्निन्छ संसारभर पनि सबैले सुन्ने जिल्ला हो यो।’

आफ्नो हरेक क्रियाकलाप प्रति देशभित्रका नकारात्मक शक्तिको पनि एकदमै ध्यान केन्द्रित भएको, सकारात्मक शक्तिको पनि ध्यान केन्द्रित भएको उनले बताए। ‘म चाहान्छु सकारात्मक शक्तिलाई प्रर्वद्धन र सुदृढ गरौँ नरकारात्मक प्रवृत्तीलाई अन्त्य गरौँ’ उनले भने। आफू गोरखा २ मा उम्मेदवार भएपनि सिङ्गो जिल्लामा आएको बुझुन र समग्री गोरखाको विकास र समृद्धीको निम्ती ध्यान केन्द्रित गर्ने उनले बताए।  

आफू गोरखाका बिभिन्न कार्यक्रममा सहभागी हुँदैगर्दा गठबन्धन दलका नेताहरु बीच गहिरो विश्वास पैदा हुँदै गएकाले खुसी भएको उनले बताए। उनले गोरखा जिल्लामा एकतावद्ध भएर एउटा नयाँ इतिहास सहित नयाँ रेकर्ड बनउने गरी गठबन्धन आएको बताए।  

अब फेरी हिंसा गर्ने भन्ने त कुरै नभएको बताउँदै माओवादी अध्यक्ष दाहालले भने ‘यही परिवर्तनलाई रक्षागर्ने सुदृढ गर्ने गरी आर्थिक विकासको क्रान्ती गर्नुछ।’

‘मलाई कति तागत दिनुहुन्छ भन्ने कुराले केन्द्रिय राजनीतिलाई अझै सहज बनाउन, केन्द्रिय स्तरबाट बिकास निर्माणलाई गती दिन सफलता मिल्नेछ’ दाहालले भने।  

पालुङटार एरपोर्ट चुनावलगत्तै संचालन गर्ने, बूढीगण्डकी आयोजनाको काममा गती दिने, उत्तरी गोरखाको समस्यालाई प्राथमिकता दिने उनले बताए।  

मंसिर ४ गतेको निर्वाचनकालागि गठबन्धन तर्फबाट गोरखा १ मा नेपाली काँग्रेसका राजेन्द्र बजगाई, गोरखा १ प्रदेश ‘क’ मा माओवादी केन्द्रका कृष्ण धिताल, १ ‘ख’ मा नन्दप्रसाद न्यौपाने, गोरखा २ ‘क’ मा फडिन्द्र देवकोटा, २ ‘ख’ मा शुरेन्द्रराज पाण्डे उम्मेदवार छन्। 

प्रकाशित: २९ आश्विन २०७९ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App