२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चुनावी तयारीका लागि प्रचण्ड गोरखामा

शुक्रबार बिहान गोरखा आएका उनले जिल्लामा भएका केन्द्रिय सदस्यहरुसँग छलफल गरेका हुन्।

गोरखा २ : कत्तिको सहज छ प्रचण्डलाई !

२०७४ मा भन्दाअहिले मतदाता थपिएका छन्। गठबन्धन पनि फरक छ। गोरखा २ मा मूख्य प्रतिस्पर्धी कांग्रेस, माओवादी र नेपाल समाजवादी पार्टी गठबन्धनमा छन्।

दाहालकेन्द्रित माओवादी प्रचार

माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालसहित अधिकांश पदाधिकारीलाई प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उठाउने निर्णय गरेको छ।

गोरखा २ मा दाहालसहित १३ उम्मेदवार, तीनजना स्वतन्त्र

गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित १३ जनाको उम्मेदवारी परेको छ।

गोरखामा चुनाव केन्द्रित छलफल र भेटघाटलाई तीव्र बनाउँदै दाहाल

गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव केन्द्रित छलफल र भेटघाटलाई तीव्र बनाएका छन्।

नेताले जनताको मनमा कहिले घर बनाउने?

काठमाडौंमा शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्दै आएका दाहाल चुनाव नजिकिँदै गर्दा भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा निर्मित एकतले घरमा बाजा बजाउँदै सरेका हुन्।

नयाँ घरमा प्रवेश गरे दाहाल

भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा रहेको दाहाल टोलमा बनेको एकतले घरमा प्रचण्ड आज सरेका हुन्।

व्यवस्था बदलियो,जनताको अवस्था बदलिएन: अध्यक्ष प्रचण्ड

माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताए।

फेरि सँगैसँगै दाहाल–भट्टराई: ‘अर्को जनयुद्ध आवश्यक छ’

लामो रस्साकस्सीपछि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो। साता नबित्दै बाबुराम भट्टराई असोज ९ मा माओवादी केन्द्रलाई ‘भत्किएको रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए।

पदाधिकारी बैठक स्थगन गरेर भवन उद्घाटन गर्न दाहाल सोलुखुम्बुमा

सोमबार बिहान समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर पार्टीका नेताहरुसहित सोलुखुम्बु पुगेका हुन्।

ओली नेतृत्व सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भयाे: दाहाल

महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताएका हुन्।

ओलीले गरेको संसद विघटन संविधान विपरीत नै हो: अध्यक्ष दाहाल

चालू प्रतिनिधिसभाको अन्तिम बैठकमा उनले एमाले अध्यक्ष ओलीलाई जवाफ दिँदै संसद विघटन प्रतिगमन नै रहेको बताए।

निर्वाचन प्रणाली र शासकीयस्वरुप परिवर्तन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

'हामी पहिला खाद्यान्नमा निर्भर थियौँ, आत्मनिर्भर मात्र नभएर निर्यात पनि गथ्र्यौं तर अहिले हामी निर्यातभन्दा आयात धेरै गर्न थालेका छौँ', अध्यक्ष दाहालले भने, 'गुन्द्रुकबाट चिनिएको नेपाल तर अहिले त्यही गुन्द्रुक पनि विदेशबाट ल्याउँदा उद्योग व्यवसाय फस्टाउन सकेको छैन।'

प्रचण्ड पार्टी कब्जा गर्नका लागि एमालेसँग मिलेको देवी ज्ञवालीको आरोप

'जब एमाले पार्टी कब्जा हुन सक्दैन भन्ने थाहा भयो, त्यसपछि १९ पृष्ठको १९ बुँदे आरोप लगाएर कम्युनिष्ट पार्टीलाई विभाजित गरेर विस्तारवादी र साम्राज्यवादीहरुको हीतमा आफूलाई उभ्याएपछि नै यो ध्रुवीकरणको प्रक्रिया अघि बढीरहेको छ। सबै कम्युनिष्ट देशभक्तहरु आज एमालेमा गोलवद्ध हुनुपर्ने आवश्यक्ता छ। एमालेका कार्यकर्ताहरु पदको लागि लालयित छैनन्, एमालेका कार्यकर्ताहरु पार्टीले दिएको निर्देशनमा विष पिउन तयार छन्, मृत्युवरण गर्न तयार छन्, तर पार्टीको निर्देशनलाई जहिलेपनि शिरोधार्य गर्दछन्।'

प्रचण्डले मलाई नै भष्म पार्न खोजेः ओली

'यो गठबन्धन यति कमजोर छ, एमालेतिर गठबन्धनको कुनै हस्ती हुँ भन्नेहरु एमालेसँग लड्ने आँट गर्छ? मैले धेरै केही भन्नुपर्दैन। अहिले नेकपा एमालेमा प्रवेशको लहर छ। स्थानीय तहमा ३८ लाख भोट ल्यायौँ, त्यो केही होइन, अब छोडिदिनुहोस्, ५० लाख कम्तिमा पुर्‍याउनुपर्छ। प्रचण्डको एउटा भिडियो हेर्नुभयो होला नि मैले त केपी ओलीलाई सदस्यबाट पनि निकालेको थिएँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्