७ वैशाख २०८१ शुक्रबार
राजनीति

पदाधिकारी बैठक स्थगन गरेर भवन उद्घाटन गर्न दाहाल सोलुखुम्बुमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सोलुखुम्बु पुगेका छन्।

सोमबार बिहान समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर पार्टीका नेताहरुसहित सोलुखुम्बु पुगेका हुन्।

दाहाल सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको उद्घाटन गर्ने कार्यक्रम छ।

दाहालसँगै अर्थमन्त्री एवं उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङलगायत नेताहरु समेत सोलुखुम्बु पुगेका छन्।

प्रकाशित: ३ आश्विन २०७९ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App