नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक क्रान्तिका लागि मङ्सिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताए।
बुधबार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले आर्थिक क्रान्तिका लागि मङ्सिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताएका हुन्।
उनले भने,'आर्थिक क्रान्तिका लागि अहिलेको गठबनधन गरिएको हो। जनचाहनाअनुसार गठबन्धनले काम गर्नेछ। अग्रगमनका पक्षमा सबैले खडा हुनुपर्छ। अहङ्कार र लोकतन्त्रवादीको लडाइँ चलेकाले लोकतन्त्रले जित्नुपर्छ।'
अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर देश समृद्ध बनाउनुपर्ने तर्क गरे। उनले भने, 'म जनयुद्धमै रहेका बेला दाङबाट देउवासँग टेलिफोनमा कुरा भएको थियो, देशलाई शान्ति प्रक्रियामा लैजाउ भनेर कुरा भएको त्यसपछि शान्ति प्रक्रिया अगाडि बढेको हो। उतिबेलादेखि नै माओवादी र कांग्रेसबीच सहकार्य भएको हो।'
उनले दुईतिहाइको सरकारको नेतृत्व गरेको तत्कालीन ओली सरकारले संविधान च्यातेको आरोप लगाए। उनले भने, 'दुईपटक संसद् विघटन गर्ने ओली अहिले बहुमत चाहियो भनिरहेका छन्। फेरि किन बहुमत चाहिएको हो रु फेरि किन दिने संविधान मिच्न रु अधिकार कुन्ठित गर्न भोट दिनुपर्ने हो भनेर प्रतिप्रश्न गर्नुपर्छ।' उनले सुदूरपश्चिमको जीवनस्तर माथि उकास्न सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर बजेट बनाइने बताए। रासस
प्रकाशित: २३ कार्तिक २०७९ १२:२६ बुधबार