१२ पुस २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हसिनालाई भारतबाट फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिँदै बङ्गलादेश

बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनका लागि इन्टरपोलको सहयोग लिने तयारी गरेको छ।

बीबीसीका अनुसार मुहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले हसिनासहित उनको पार्टीका अन्य फरार रहेका नेताहरूको खोजीका लागि ग्लोबल पुलिस एजेन्सी (इन्टरपोल) को सहयोग लिने भएको हो। यसका लागि अन्तरिम सरकारले इन्टरपोलसँग ‘रेड कर्नर नोटिस’ अलर्ट जारी गर्नका लागि आग्रह गर्ने भएको छ।

बङ्गलादेशमा विद्यार्थीहरूको अगुवाईमा गत जुलाईदेखि अगस्टसम्म भएको विरोध प्रदर्शनको क्रममा ७ सयभन्दा बढीको मृत्यु भएको थियो।

जुलाईदेखि अगस्टसम्म भएको विरोधमा प्रदर्शनकारीमाथि दमन गर्न हसिना र अवामी लीगका अन्य फरार नेताले नै आदेश दिएको आरोप लगाइएको छ।

प्रकाशित: २६ कार्तिक २०८१ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App