१२ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

थाइल्याण्डविरुद्ध नेपाल १०६ रनले विजयी

युएईमा जारी यू १९ महिला टि–२० विश्व कपको एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको फराकिलो अन्तरबाट हराएको छ।

यस अघि नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो। जवाफमा थाइल्याण्डले १६ ओभरमा ३३ रन बनाउँदा सबै विकेट गुमायो र खेल १०६ रनबाट हार्न पुग्यो।

गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा पनि थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

थाइल्याण्डलाई जम्मा ३३ रनमा आउट गर्न कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिईन् ।

यस अघि नेपालका लागि सबै भन्दा वढि साना प्रवीण ५३ रन बनाइन।त्यसै गरी सावित्री धामी २८ रसोनी पाख्रिनले १९ बनाइन भने बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान पुजा महतो ४ रन बनाएर आउट भइन। थाइल्याण्डका लागि नथारिका ठोकोइले ३,केसिनी कैजुम्फोलले २ तथा कोरानित सुवाञ्चोनराथीले १ विकेट लिए।  

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो। उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो।

यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको थियो। उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको हो।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्।

प्रकाशित: २५ कार्तिक २०८१ १८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App