९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

गोरखा,तनहुँ र लमजुङको करिडोरलाई मिलाएर कायापलट गर्ने योजना छ: दाहाल

गोरखाको पालुङटारमा सोमवार आयोजित चुनावी सभामा सम्बोधन गर्दै दाहाल।

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का अध्यक्ष पुष्पकमल दाहालले गोरखा तनहुँ र लमजुङ करिडोरलाई मिलाएर त्यस क्षेत्रको कायापलट गर्ने बताएका छन्।  

सोमबार पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चेपे, मस्र्याङ्दी करिडोरलाई मिलाएर त्यहाँ ठुलो संभावनाको बिकास गर्न सकिने बताए।  

‘तनहुँमा रामचन्द्र पौडेल, लामजुङमा देव गुरुङ र गोरखा २ मा म, यी तिनै नेताहरुले मौका प¥यो भने देशको नेतृत्व लिन सक्ने नेता हुन्’ उनले भने ‘बृहत्तर योजना बनाएर भुगोल र जनसंख्या मिलाउँदै अर्थतन्त्रमा गुणात्मक फड्को मार्ने गरी योजना बनाउन सकिन्छ, विकासको निम्ती निर्णयक भुमिका हामी खेल्न सक्छौँ।’

अहिलेको निर्वाचनले फेरी प्रतिगमनविरुद्ध आन्दोलन गर्नु नपर्ने गरी गठबन्धनलाई विजयी गराउने दाहालले बताए। देशका परिर्वतनका लागि विभिन्न समयमा मारिएका सबैलाई उचित सम्मान, परिवारलाई परिपुरण, राहत दिँदै युद्धको बेला लागेका घाउमा मलम लगाउने गरी गठबन्धन अघि बढ्ने निर्णय भइसकेको उनले बताए। ‘म युद्धबाट पिडामा परेका गोरखाका नेपाली कांग्रेसका साथीहरु, परिवार सँग भेट्न चाहान्छु’ उनले भने ‘गठबन्धनमा भएको निर्णयबारे बताउन चाहान्छु, आजको आवस्यकता शान्ति, लोकतन्त्र, बिकास र समृद्धीको  हो।’

गठबन्धनका सबै दल मिल्नुको विकल्प नभएको बताउँदै उनले कसैको पनि भुल भुलैया भ्रामक प्रचारमा नलाग्न उनले अनुरोध गरे।  हरेक भाषमा दाहालले गोरखामा १२ सय मेघावाटको बूढीगण्डकी आयोजना निर्माण गर्ने, बेनिघाट–आरुघाट–लार्के सडक निर्माण गर्ने, गोरखकाली रबर उद्योग संचालन गर्ने, गोरखालाई धार्मीक, सांस्कृतीक एवं हिमाली पर्यटकीय केन्द्र बनाउने, पालुङटार एरपोर्ट संचालन, जडिवुटी प्रशोधन गरी जनताको जिबनस्तरमा परिर्वतन ल्याउने घोषणा गर्दै आएका छन्।  

गोरखामा सबैभन्दा पहिले धुले सडक कालोपत्रे गर्नुपर्ने भएकाले त्यसतर्फ आफ्नो विषेश ध्यान जाने उनले बताए। ‘मेरो पुरै शक्ति बाटोहरुलाई कालोपत्रे बनाउने तिर जानेछ’ उनले भने ‘पालुङटारको प्रत्येक वडामा कालोपत्रे सडकले जोड्ने र स्मार्ट सिटी बनाउने तर्फ मेरो ध्यान हुनेछ।’

गठबन्धन दलभित्र कांग्रेस र माओवादीका नेता कार्यकर्ताबिच सम्बन्ध राम्रो बन्दै गएको बताउँदै उनले यसले आर्थिक क्रान्ती र देश बिकासमा ठुलो मद्धत पुग्ने बताए। गठबन्धन दलको आयोजना पालुङटारमा भएको चुनावी सभामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरे।  

प्रकाशित: २८ कार्तिक २०७९ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App