coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गठबन्धन उम्मेदवारका लागि भोट माग्न दाहाल उत्तरी गोरखामा

गठबन्धनबाट कांग्रेसका उम्मेदवारलाई भोट माग्न उत्तरी गोरखा पुगेका दाहाल। तस्बिरः नागरिक

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल उत्तरी गोरखा पुगेका छन्। गठबन्धनबाट गोरखा क्षेत्रनम्बर १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई र प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न उनी हेलिकप्टर मार्फत छेकम्पार,सामागाउँ, सिर्दिबास पुगेका हुन्।  

छेकम्पारमा भएको चुनावी सभामा बेनिघाट – आरुघाट –सिर्दिबास –चुम्चेत छेकम्पार ङुईलाभञ्जयाङ सम्मको उत्तर दक्षिण लोकमार्गका लागि बजेट बिनियोजन गर्ने अध्यक्ष दाहालले प्रतिवद्धता जनाएका छन्। तिब्बतसँग जोडिएको गोरखाको रुईला र ङुईलानाका खोल्न मित्र राष्ट्र चिनसँग छलफल गर्ने आस्वासन उनले दिए।  

साथै उनले गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाई र प्रदेशसभाका उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई रुख चिन्हमा मतदान गर्न मतदातालाई अपिल गरे। सामागाउँको अब्यवस्थित बसोबासीलाई तत्काल लालपुर्जा दिने प्रक्रिया अघि बढाउने, लोक्पा पहिरोको अध्ययन गरी व्यवस्थित गर्ने, राहात उद्धारलाई अझै छिटो बनाउनुपर्ने लगायतका विषयमा दाहालसहित बजगाई र न्यौपानेले पनि प्रतिवद्धता जनाए।

उत्तरी गोरखाको भुगोल र जनतासँग धेरै परिचित रहेको बताउँदै गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईले पार्टी फरक भएपनि गठबन्धन दल बिकासका लागि एक ठाउँमा रहेको र पुराना सबै घाउ बिर्सिएर देशका लागि एक हुनुपर्ने बेला भएको बताए। प्रदेशसभाका उम्मेदवार नन्दप्रसाद न्यौपानेले दुर्गमका जनताको समस्या समाधान गर्न आफु सँधै प्रतिवद्ध रहेको बताए।  गठबन्धनलाई जिताउँदा उत्तरी गोरखाको समस्या हल गर्न अव बन्ने गठबन्धनकै सरकारले काम गर्ने आस्वासन उम्मेदवारहरुले दिएका छन्।  

उत्तरी गोरखाको समस्याका बारेमा पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल रउम्मेदवारलाई चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी गराएका थिए। साथै वडा अध्यक्ष, राजनीतिक पार्टीका प्रमुखहरुले त्यस क्षेत्रको समस्याका बारेमा ज्ञापन पत्र पेश गरेका थिए।  

दाहाल आइतबार हेलिकप्टरबाट धार्चेको माछाखोला, शहीदलखन गाउँपालिकाको घैरुङ र बारपाकमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै छन्।  

प्रकाशित: २७ कार्तिक २०७९ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App