४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीसँग गैरआवासीय नेपालीको माग

प्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ।

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो।

चुरे उत्खनन गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ।

प्रधानमन्त्रीले एमाले फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्न चाहे: विमला राई

'सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रिपरिषदमा ज्वाईन गराउला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो? यति कमजोर प्रधानमन्त्री। चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन, चिन्ता फेरि संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो। यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ।’

सरकारलाई राप्रपाको आग्रहः मेलम्चीका जनताको चित्कारलाई तत्काल सम्बोधन गर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

प्रधानमन्त्रीद्वारा भुटानी नरेश र आफ्ना समकक्षीमा आभार

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाएकामा भूटानका नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन्।

संकटमा फस्दै कांग्रेसः न महाधिवेशन न सरकार विस्तार

सभापति शेरबहादुर देउवा निर्वाचन आयोगसँगको परामर्शमा १४औं महाधिवेशन मंसिरमा गर्न चाहन्छन्। तर, महाधिवेशन सारेको आरोप नलागोस् भनेर अहिले पनि तोकिएको समयमै गर्ने बताउँदै आएका छन्।

राष्ट्रपतिको कार्यालय विस्तारका नाममा प्रहरी एकेडेमी नमास्न १५ पूर्व महानिरीक्षकको ध्यानाकर्षण

राष्ट्रपतिको कार्यालय विस्तार गर्ने नाममा एकेडेमी सार्न लागिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार उनीहरुले ज्ञापन पत्रसमेत बुझाएका छन्

वर्तमान सरकार आएदेखि अपराधीकरणको सुरुवात : भट्टराई

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधीकरण र कुशासनको सुरुवात भएको आरोप लगाए।

वीपीका पदाधिकारीहरुलाई आचरण सम्बन्धी कारबाही गर्न कार्यदलको सिफारिस

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा छानबिन कार्यदलले चारै जना पदाधिकारीहरूलाई आचरण र व्यवहार सम्बन्धमा कारबाही गर्न सिफारिस गरेको छ।

काठमाडौं–रक्सौल रेलमार्ग अध्ययनः मन्त्री नियुक्तिपछि समझदारी

सरकार फेरिएसँगै काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर रोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त गर्न नसक्दा समझदारीपत्रमा हस्ताक्षर पछि धकेलिएको हो।

मन्त्रिपरिषद् विस्तारमा विलम्ब

दलीय सहमतिमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि साँझसम्म कुन दलले कति र कुनकुन मन्त्रालय पाउने भन्नेसमेत टुंगो लाग्न नसकेको स्रोतको दाबी छ। सत्तारुढ दलभित्र मन्त्रीका आकांक्षी बढी हुँदा शीर्ष नेताहरूले आफूलाई समस्या रहेको भन्दै मन्त्रालयको संख्या थप्न माग गर्दै आएका छन्। तर, सबै दलभित्रको समस्या उस्तै हुनुका साथै एमाले नेता माधवकुमार नेपाल पक्षको सहभागिताको विषयले पनि सरकार विस्तारमा ढिलाइ भएको छ।

नेपाल सहकारी बैंक खोल्न प्रधानमन्त्री सकारात्मक

भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीलाई विभागले गरेका कामका साथै भावी योजना र कार्यक्रमबारे जानकारी गराए। भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए।

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्रीलाई राष्ट्रिय व्यावसायिक पहलको शुभकामना

भेटमा उनले संस्थाले गर्दै आएका पहलबारे प्रधानमन्त्रीलाई जानकारी दिए। सरकारले सबै नेपालीलाई खोप उपलब्ध गराउन गरेको प्रतिबद्धताप्रति खुसी व्यक्त गर्दै यसलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउन जोशीले आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्