९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्वारा भुटानी नरेश र आफ्ना समकक्षीमा आभार

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाएकामा भूटानका नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन्।

महामारीका बेला दूई लाख ३० हजार मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएर भूटानले प्रस्तुत गरेको मैत्रीभावको स्वागत गर्दै प्रधानमन्त्री देउवाले त्यहाँका नरेश जिग्मे खेसर नामग्याल वाङचुक र प्रधानमन्त्री डा लोटे छिरिङप्रति कृतज्ञता ज्ञापन गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले भूटानी नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै उक्त सहयोगको बदलामा भविष्यमा नेपालले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  

कोभिडको विश्वव्यापी महामारीको कठिन अवस्थामा सबै नेपालीलाई समयमै खोप लगाउने नेपाल सरकारको प्रतिबद्धताअनुरुप खोप प्राप्तिका लागि हरसम्भव विकल्प अपनाएर सरकारले खोप अभियानलाई निरन्तरता दिइरहेको छ। त्यसैसन्दर्भमा भूटानबाट प्राप्त खोप आज काठमाडौँ ल्याइएको हो।

प्रकाशित: २२ श्रावण २०७८ १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App