१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वर्तमान सरकार आएदेखि अपराधीकरणको सुरुवात : भट्टराई

राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधीकरणको सुरुवात भएको आरोप लगाएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधीकरण र कुशासनको सुरुवात भएको आरोप लगाए।

उनले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागेको भन्दै सरकारले कुशासनको अभ्यास गरेको बताए। सरकारले ओली नेतृत्वको सरकारले ल्याएर राखेको कोभिड १९ विरुद्धको खोपसमेत व्यवस्थित रुपमा जनता समक्ष पुर्याउन नसकेको बताए। ‘परमादेश सरकार बनेको अर्को दिनदेखि यो मुलुकमा राजनीतिक अपराधीकरणको सुरुवात भएको छ। हाकाहाकी कुशासनको आरम्भ भएको छ। लोकतन्त्र भनेको विधि र पद्दतीमा चल्ने शासन व्यवस्था हो। तर आज लोकतन्त्रको नाममा विधि र पद्दतिको धज्जी उडाइएको छ, उनले भने, ‘एमाले सरकारले नेपाली जनतालाई पुग्ने गरी खोपको प्रवन्ध गरेको थियो। चिन्ताको विषय, अरुले व्यवस्थापन गरेको खोपको पनि यो सरकारले व्यवस्थित रुपमा जनताकोमा पु¥याउन सकेन। खोप हराए । खोपमा सोर्सफोर्सको कुरा आइरहेको छ। सोर्सफोर्सले खोप लगाउन पाउन, सर्वसाधारण वञ्चित हुने अवस्था सिर्जना भएको छ।’

सांसद भट्टराईले अदालत  दलीय व्यवस्था र संसदीय परिपाटीको वर्खिलाप गएको भन्दै त्यसका विरुद्ध एमालेले वैचारिक संघर्ष जारी राख्ने पनि बताए। अहिले लोकतन्त्रले हारेको र लोकतन्त्रले हार्दा सबै नेताहरुले हार्ने पनि उल्लेख गरे।  

उनले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले खुट्टा कमाएको पनि बताए। प्रधानमन्त्रीले भारतीय समकक्षीसँग सम्वाद गर्नुपर्ने अथवा राजदूतलाई बोलाएर यस सम्बन्धमा सम्वाद गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २० श्रावण २०७८ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App