८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेसभित्रको लडाइँ : पार्टीको महाधिवेशन कि चुनाव ?

सरकारले तोकेको आगामी वैशाख १७ र २७ मै चुनाव हुनुपर्ने भित्री मनसायमा रहेको देउबा समुहले चुनाव भैहालेको अवस्थामा कांग्रेसको जीत सुनिश्चित देखेको छ। उक्त चुनावमा आउने बिजयी नतिजाले देउबालाई त्यो जितको श्रेय स्वाभाविकै रुपमा पर्न जान्छ। यसको सकारात्मक प्रभाव उनलाई पुनः पार्टीको नेतृत्व हाँक्ने अवसर जुर्नेछ।

कांग्रेस महाधिवेशन भदौमा

नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

कांग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव

नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ ७ गतेदेखि १० गतेका लागि प्रस्ताव गरिएको छ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

प्रतिनिधिसभा विघटनविरुद्धको विरोध कार्यक्रमका कारण स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

पार्टीभित्र एकता भएमा कांग्रेसलाई कसैले हराउन सक्दैनः शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र एकता भएमा नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने ठोकुवा गरेका छन्। नेपाली कांग्रेस बाँकेले मंगलबार आयोजना गरेको कार्यकता भेटघाटलाई सम्बोधन गर्दै उनले अबको चुनावमा कांग्रेसलाई कसैसँग पनि मिल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। ‘हामी कसैको पक्षमा उभिनुपर्दैन, हामी एकतावद्ध भएर लाग्नुपर्छ,’ उनले भने ‘म च्यालेन्ज गर्छु, हामीलाई एमाले र माओवादीले हराउन सक्दैनन्, नेपाली कांग्रेसले जित्छ, त्यसको ग्यारेन्टी म लिन्छु।’

बैशाखमा चुनाव हुँदैन, कांग्रेसले आफ्नो महाधिवेशन गर्नतिर ध्यान दिनुपर्छः डा.रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो बैशाखमा कुनैपनि हालतमा चुनाव नहुने ठोकुवा गरेका छन्। नेपाली कांग्रेस बाँकेले मंगलबार आयोजना गरेको कार्यकता भेटघाटलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले केवल सत्ता लम्ब्याउनका लागि चुनावको मिति घोषणा गरेको बताए।

शशांक कोइरालाकाे प्रश्न : हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ ?

६० वर्षको इतिहासमा चितवनमा उहाँले हँसिया हथौडामा भोट हाल्न लगाउनुभयो। कांग्रेसले कहिले पनि हँसिया हथौडामा भोट हाल्दैन। हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ?

कांग्रेसले आन्दोलनका लागि कसैसँग सहकार्य गर्दैन : डा. कोइराला

‘संसद बिघटनको बिरोधमा हुने आन्दोलनमा कांग्रेसको कोहि कसैसंग सहकार्य हुँदैन,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘त्यसमाथि अँझ कम्यूनिष्ट संग झनै सम्भव छैन ।’

राष्ट्रपतिका कारण देश संकटमा : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्रको एउटा गुटको भूमिका निर्वाह गर्दा मुलुक संकटमा फसेको आरोप लगाए। देशलाई संकटबाट जोगाउन न्यायकामूर्तिहरूले कसैको प्रभावमा नपरेर विवेक पूर्ण निर्णय गर्ने उनको विश्वास छ।

'हिंसात्मक आन्दोलनको पक्षमा कांग्रेस लाग्दैन'

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेस हिंसात्मक आन्दोलनको पक्षमा नलाग्ने बताएका छन्। सोमबार नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै आचार्यले हिंसात्मक आन्दोलनको विपक्षमा कांग्रेस उभिने बताए।

शेखर कोइरालाको प्रश्न : कालीबहादुर खामलाई प्रहरीले खोज्ने, प्रधानमन्त्रीले बालुवाटारमै भेट्ने ?

नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले नेकपाको ओली समूह अपराधीहरुको भर्ती केन्द्र भएको आरोप लगाएका छन्।

तस्बिरमा हेर्नुहोस् कांग्रेसको विरोध प्रदर्शन

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार देशभर विरोध प्रदर्शन गरेको छ। पार्टी केन्द्रीय समितिको माघ १३ गतेको निर्णयअनुसार कांग्रेसले सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न गरेको हो।

संसद पुनःस्थापना कांग्रेसको एक मात्र एजेण्डा हो, वैशाखमा चुनाव हुन्न : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने बताएका छन्। चुनाव हुन्छ कि भन्ने सम्भावना कांग्रेसका कोहि कसैले पनि गर्न नहुने उनको भनाई छ।

अब देउबालाई बिदाई गर्नैपर्छ : महामन्त्री कोइराला

‘उहाँले महाधिवेशनको मिति तय गरिसकेपछि विभागहरु गठन गर्नु भयो, उहाँले यो राम्रो गर्नु भएन,’ कोइरालाले भने ‘अब आउँदो अधिवेशनबाट देउबा जिलाई बिदाई गर्नु पर्छ ।’

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रन सबै लोकतन्त्रवादीलाई देउवाको आग्रह

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रन सम्पूर्ण लोकतन्त्रवादीलाई नेपाली कांग्रेसले आग्रह गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्